मन्त्रीको गाडीलाई सिटी सफारीले दियो ठक्कर

मन्त्रीको गाडीलाई सिटी सफारीले दियो ठक्कर
सुन्नुहोस्

विराटनगर : विराटनगरमा मन्त्री सवार गाडीलाई सिटी सफारीले ठक्कर दिएको छ। गाडीमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम सवार थिए। 

विराटनगर महानगरपालिका–३ कञ्चनबारीमा सोमबार साँझ ७:३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको हाङगाम सवार प्रदेश १–०४–००१ झ ०१०९ नम्बरको गाडीलाई प्रदेश १–०२–००४ ह ५७६७ नम्बरको सीटी सफारीले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। 

उनका अनुसार मन्त्री हाङगाम सवार गाडी कञ्चनबारी चोकमा ‘ट्राफिक रेड लाइट’मा रोकिएको थियो। ‘ट्राफिक लाइट’मा रोकिएर रहेको गाडीलाई सफारीले पछाडिबाट ठक्कर दिएको जोशीको भनाइ छ। सफारीको ठक्करबाट गाडीको पछाडिको ‘लाइट’ फुटेर सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा कुनै मानवीय क्षति भने भएन। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी बरगाछीबाट खटिएको असई भोलानाथ वाग्ले नेतृत्वको टोली घटनास्थल पुगेको थियो। 

वाग्ले नेतृत्वको टोलीले सफारी चालक विराटनगर–३ का ४५ वर्षीय गणेश दाहाललाई नियन्त्रणमा लिएको छ। सफारी चालकको लापरबाहीले दुर्घटना भएको र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान थालिएको जानकारी डीएसपी जोशीले दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.