पशुचौपायाको हड्डीसहित चारवटा साइकल बरामद

पशुचौपायाको हड्डीसहित चारवटा साइकल बरामद
सुन्नुहोस्

जनकपुरधाम : सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयले पशु चौपायाको हड्डीसहित चारवटा साइकल बरामद गरेको छ । मंगलबार बिहान ५ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलिले  बाराको कलैया उप-महानगरपलिका १० निलकण्ठवा सिमा इलाकाबाट पशुको हड्डीसहित चारवटा साइकल बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालयका सशस्त्र मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए । 

सशस्त्र प्रहरिले विशेष सूचनाको आधारमा चारवटा साइकलमा लोडगरी नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी १ हजार किलो पशु चौपायाको हड्डीको धूलो र साइकल बरामद गरी कानुनी प्रक्रिया अगाडि बढाइएको ढकालले जानकारी दिए  ।

प्रहरीको गाडी देख्ने वित्तिकै उनीहरू साइकल छोडेर फरार भएका थिए।

यसैगरी पर्सा जिल्लाको बिरगन्ज महानगरपालिका- २ बाट ट्रामाडोल हाइड्रोक्लोराइडको ८१ हजार ४ सय ९० ट्याबलेट लागुऔषध बरामद गरेको छ । वीरगञ्जको भगुवा नाकामा नं.१३ गण पर्साबाट सशस्त्र प्रहरि नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलिले भारतबाट टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ८१४९  ट्रामाडोल हाइड्रोक्लोराइड बरामद गरेको हो। लागुऔषध बोक्ने व्यक्ति प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.