घरमाथि रुख ढल्दा बुहारीको मुत्यु,सासू घाइते

घरमाथि रुख ढल्दा बुहारीको मुत्यु,सासू घाइते
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका -६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन्। बुधबार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण आलिताल–६ दोबाटास्थित रतन कामीको घरमाथि ढलेको रुखले उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो । मृतककी सासू राधा कामी घाइते भएकी प्रहरीले जनाएको छ ।

घर माथिबाट ढलेको सल्लाको रुखले कामीको ज्यान लिएको हो । मुत्यु भएकी रविना कोठामै थिइन्,अचानक घरमाथि रुख खसेर उनको मृत्यु भएको स्थानीय राम कुँवरले जनाएका छन् ।  स्थानीयका अनुसार राधालाई कम्मर र टाउकोमा गम्भीर चोट लागेको छ । 

उनलाई स्थानीयले प्रहरीको सहयोगमा उदार गरि अस्पताल पुर्‍याएका छन्। मृतक  कामीका एक छोरा र एक छोरी छन् ।कामीको घर पूर्णरूपमा क्षति भएको छ।  प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.