भारतमा फेरि फैलिँदै कोरोना

भारतमा फेरि फैलिँदै कोरोना
सुन्नुहोस्

काठमाडौं : भारतका स्वास्थ्य अधिकारीले केही राज्यहरूमा कोभिड–१९ का घटनामा भएको वृद्धिलाई नजिकबाट निगरानी गरिरहेका छन्।  सिंगापुर–हङकङ पछि भारतमा पनि कोरोनाका घटनाहरू बढिरहेका छन्।   

मुम्बई, चेन्नई र अहमदाबाद जस्ता शहरमा पनि संक्रमणको घटनामा वृद्धि भएको छ। तमिलनाडुमा कोभिड–१९ का १२ जना फेला परेका छन्। यस्तै पुडुचेरीमा पनि १२ जनामा कोरोना संक्रमण भएको जनाएको छ।  

पहिले इन्फ्लुएन्जाका कारण हुने ज्वरोलाई अब कोभिड–१९ सँग जोडिएको छ। कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावका अनुसार कर्नाटकमा कोभिड–१९ का १६ जनामा देखिएको बताए। गुजरातको अहमदाबादमा एकै दिनमा सात जनामा कोरोना देखिएको छ।   

विश्व स्वास्थ्य संगठनले मे २०२३ मा महामारीको अन्त्यको घोषणा गरे पनि कोभिड–१९ अझै  विश्वव्यापी रूपमा फैलिरहेको छ।  भारतमा धेरैजसो केसहरू मध्यम रहेको र कोरोनाबाट हुने मृत्यु वा आईसीयूमा भर्ना हुने नयाँ केसहरूसँग सम्बन्धित छैनन्।   

स्वास्थ्य विज्ञहरूले मानिसहरूलाई सतर्क रहन सल्लाह दिएका छन्। भारतमा कोरोनाको जोखिम के हुन सक्छ र यो कति खतरनाक छ भन्ने बारेमा मानिसहरूको मनमा धेरै प्रश्नहरू छन्।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.