सत्ता समीकरणले माओवादीलाई घाटा भयो : प्रचण्ड

सत्ता समीकरणले माओवादीलाई घाटा भयो : प्रचण्ड
सुन्नुहोस्

रोल्पा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कहिले एमालेसँग र कहिले कांग्रेससँग सत्ता समीकरण गर्दा माओवादीलाई घाटा भएको बताएका छन् । रोल्पाको थबाङ पुगेर प्रचण्डले यस्तो बताएका हुन् । थबाङमा बुधवार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, 'सायद हामीले केही त्रुटि गर्‍यौं। कहिले कांग्रेससँग कहिले एमालेसँग समीकरण गर्दा घाटा माओवादीलाई भयो। फाइदाजति कांग्रेस र एमालेलाई भयो।' माओवादी सोझो भएर त्यस्तो भएको पनि दाबी गरे।

‘जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत प्रचण्ड थबाङ पुगेका हुन्। जनसभाका प्रमुख अतिथि समेत रहेका प्रचण्डले कांग्रेस एमाले फताहा भएको पनि आरोप लगाए। 'कांग्रेस एमाले फताह हुन् भन्ने सैद्धान्तिक रुपमा त बुझेकै हो। तर, व्यबहारमा यतिसम्म होलान भन्ने पनि थाहा भयो,' उनले भने।

उनले माओवादी इमानदार र सोझो भएको जिकिर गरे। उनको नेतृत्वमा माओवादीका दर्जनौं पदाधिकारी एवं नेता थबाङ पुगेका हुन्। थबाङ पुगेका प्रचण्डले विद्रोहताका रोल्पा रुकुम आधार इलाका रहेको स्मरण गरे। विद्रोहको अन्तिम तयारीका वेला रोल्पाको एक गाउँमा आएको  र मगर महिला लली रोकाको साहासबाट प्रभावित भएको स्मरण पनि गरे । उनले मध्यपहाडी भेग लालकिल्ला भएको दाबी गरे।

माओवादी अर्को क्रान्तिको तयारीमा रहेको उनको भनाइ छ। समाजवादी क्रान्ति बिना सहिद र जनताको सपना पूरा नहुने भन्दै अर्को समाजवादी क्रान्तिको तयारीका लागि जनजागरण अभियानमा निस्किएको दाबी गरे। अभियानमा देखिएको जनलहरले माहोल माओवादीमय र प्रचण्डमय भएको भन्दै आफू ७० वर्ष पुगेपनि नेतृत्व गर्न सक्ने हिम्मत रहेको बताए। आधार इलाका रोल्पाबाट विद्रोहका कारण माओवादीबाट थुप्रै राज्यको ठुल्ठुला पदमा पुगेको फेहरिस्त सुनाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.