शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स दुर्घटना,दुईजना घाइते

शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स दुर्घटना,दुईजना घाइते
दुर्घटनाग्रस्त एम्बुलेन्स। तस्बिर : अन्नपूर्ण

रामेछाप : जिल्लाको दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका-३ भिरपानीमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जानकारी दिएको छ । आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं जाँदै थियो।

प्र ३ -०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी जवान भुपेश आछामीले जानकारी दिए । दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका- २ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।

एम्बुलेन्समा  एकजना प्रहरी जवान र चालकसहित ४ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.