पाकिस्तानी एजेन्टको आरोप दिल्लीमा एक नेपाली पक्राउ

पाकिस्तानी एजेन्टको आरोप दिल्लीमा एक नेपाली पक्राउ
सुन्नुहोस्

काठमाडौं : पाकिस्तानी खुफिया एजेन्सी (आइएसआइ) एजेन्टको आरोपमा भारतको दिल्लीमा एक जना नेपाली पक्राउ परेका छन्। दिल्ली प्रहरीले गरेको गोप्य अपरेशनमा एक नेपालीसहित दुई जना पक्राउ परेका हुन्।

एएनआईका अनुसार पक्राउ परेका नेपाली नागरिक अन्सरुल मियाँ अन्सारी रहेका छन्। उनीहरूको साथबाट पाकिस्तानी खुफिया एजेन्सीसँग सम्बन्धित कागजात फेला पारेको दिल्ली प्रहरीले दाबी गरेको छ।

यस सम्बन्धमा दिल्ली प्रहरीले गत मे महिनामै अदालतमा मुद्दा दायर गरिसकेको बताइएको छ। अहिले पक्राउ परेका दुवै जना तिहाड जेलमा रहेको एएनआईले उल्लेख गरेको छ।

अन्सरुल मियाँ अन्सारी दिल्लीको एक होटलबाट पक्राउ परेका थिए। उनी पाकिस्तान जाने तयारी गरिरहेका बेला पक्राउ गरिएको दिल्ली प्रहरी स्रोतलाई उद्धृत गर्दै एएनआईले उल्लेख गरेको छ। उनी कतारमा क्याब ड्राइभरको रूपमा कार्यरत रहेको बयानमा भनेका छन्। कतारमै उनको पाकिस्तानी एजेन्सीका अधिकारीहरूसँग भेट भएको र त्यसपछि पाकिस्तानमा प्रशिक्षण पनि लिएको स्रोतलाई उद्धृत गर्दै एएनआईले लेखेको छ।

तालिम पूरा भएपछि अन्सारीलाई नेपाल र नेपालपछि भारत पठाइएको दाबी गरिएको छ। सीडीमा गोप्य कागजात राखेर पाकिस्तान जाने तयारी गरिरहेका बेला उनी पक्राउ परेका थिए। प्रहरीले अन्सारीसँग कडा सोधपुछ गरेपछि अर्को नाम पनि खुलेको थियो। त्यसलगत्तै राँचीबाट अर्का एक व्यक्ति पक्राउ परेका थिए।

अन्सारी पक्राउ पर्नु दुई दिनअघि भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए)ले मुम्बई विमानस्थलबाट आइएसआइएसमा आबद्ध फरार रहेका दुई जनालाई पक्राउ गरेको थियो। अब्दुल्लाह फैयाज शेख उर्फ डायपरवाला र तल्हा खानलाई एनआइए अधिकारीहरुले पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.