भर्जिनियाको दुवै सदनबाट पारित भई सम्मानित हुने पहिलो नेपाली मूलका व्यक्ति बने प्रदीप
अमेरिका : अमेरिकी लिडर प्रदीप ढकाल भर्जिनिया राज्यको दुवै सदनबाट प्रस्ताव पारित भई सम्मानित हुने पहिलो नेपाली मूलका व्यक्ति बनेका छन्।
भर्जिनिया राज्यको हाउस अफ डेलिगेट्स र हाउस अफ सेनेटबाट सामाजिक सेवामा पुर्याएको योगदानको कदर गदै दुवै सदनबाट एचजे ४२९ संयुक्क्त प्रस्ताव पारित भई भर्जिनियाको जनरल एसेम्बलीले ढकाललाई सम्मान गरेको हो।
नेपाली मूलका अमेरिकी नागरिक रहेका ढकाल लामो समयदेखि भर्जिनियाको सामाजिक काममा सक्रिय भई स्थानीय प्रतिनिधिका रूपमा ३ पटक सिटी काउन्सिल मेम्बरमा निर्वार्चित भइसकेका छन्। यही वर्ष उनी हर्नडन सिटीको मेयर पदमा उमेदवार बनेका थिए।
‘यो सम्मान पुरस्कारमात्र होइन। यो सेवा जारी राख्न, मलाई आवश्यक पर्ने ठाउँमा उपस्थित हुन र हाम्रा जनता र हाम्रो सहर र समग्र उत्तरी भर्जिनियाको भलाइको लागि प्रयास गरिरहनका लागि सम्झना र प्रोत्साहन हो,’ ढकालले सम्मानपछि भने।
उनलाई दुवै सदनको तर्फबाट सिनेटर जेनिफर बी बोयस्को, प्रतिनिधि आइरिन शिन, प्रतिनिधि करेन कीजले सम्मानपत्र हस्तान्तरण गरेका थिए
प्रतिक्रिया दिनुहोस !