गाउँको उज्यालो फर्काउन गएका खिमबहादुर आफैं अस्ताए

गाउँको उज्यालो फर्काउन गएका खिमबहादुर आफैं अस्ताए
सुन्नुहोस्

रूकुमपूर्व : सबैका लागि उज्यालो फर्काउने जिम्मा बोकेर निस्किएका खिमबहादुर खड्का अब कहिल्यै फर्किने छैनन् । रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्का बिहीबार राति रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ बोहोरागाउँमा विद्युत् मर्मत गर्न गएका थिए। 

सोही मर्मतको क्रममा एकाएक करेन्ट लाग्यो र उनले जीवनको अन्तिम सास त्यही विद्युतको पोलमै लिए।

विद्युत् अवरुद्ध भएपछि खड्का आफ्नो टोलीसहित मर्मतका लागि रूकुम पश्चिम गएका थिए । उज्यालो फर्काउने काममा गएका उनी आफैँ अन्धकारमा हराए । सोलाबाङको लघुजलविद्युत्‌बाट आएको करेन्ट लागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी प्रमेश विष्टले बताएका छन् । 

'घटना थाहा पाउनेबित्तिकै प्रहरी र स्थानीयको सहयोगमा उनलाई पोलबाट झारिएको थियो। त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो।', उनले भने ।

आफ्नो घर र गाउँका लागि रातको अँध्यारो चिर्न हिँडेका खड्का अब सधैंका लागि अस्थाएका छन्। उनी फर्कने छैनन्। उनी बोल्ने छैनन्। 

अब उनको याद मात्र बाँकी छ। अधुरो काम, असल नियत र एक इमानदार श्रमिकको मौन विदाइ भएको छ । सिङ्गो रुकुम यतिबेला ठुलो शोकमा डुबेको छ । 

उनको शव अहिले घटनास्थलमै छ । कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिँदैछ । उनका आफन्तका आँखाबाट आँसु थामिएको छैन । उज्यालो फर्काउने क्रममा अन्धकारमा हराएका खिमबहादुर अब आफन्तका मनमा एक अमिट पीडा बनेर बाँचिरहने छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.