युगकवि सिद्विचरण श्रेष्ठको ११४ औं जन्मजयन्ती मनाइयो

युगकवि सिद्विचरण श्रेष्ठको ११४ औं जन्मजयन्ती मनाइयो
सुन्नुहोस्

काठमाडौं : युगकवि सिद्विचरण श्रेष्ठको ११४ औं जन्मजयन्ती,उनको स्मरणमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । जन्मजयन्तीका अवसरमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ । 

सो क्रममा प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित उनले नेपाली साहित्यमा पुराएको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे परिचर्चा गरिएको थियो  । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले युगकवि सिद्धिचरण श्रेष्ठलाई निरङ्कुश राणाशासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन सफल व्यक्तित्वको रूपमा चित्रण गरे।

वि.सं. १९६९ जेठ ९ गते ओखलढुङ्गामा जन्मिएका श्रेष्ठ नेपाली साहित्य क्षेत्रमा युगकविका नामले परिचित छन् । श्रेष्ठले आफ्नो जन्मभूमिको सम्झनामा लेखेको ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता निकै चर्चित छ ।  उनका ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु पनि उत्तिकै चर्चामा छन् । 

उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपीला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति छन् । विसं १९९७ सालमा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता लेखेवापत तत्कालीन सरकारले उहाँलाई १८ वर्षको जेल सजाय तोकेको थियो ।  श्रेष्ठको २०४९ जेठ २२ गते काठमाडौंको धर्मपथस्थित आफ्नै निवासमा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.