ब्रेकफास्टमा यी खानेकुरा खानुपर्छ, शरीरमा दिनभरि ऊर्जा रहनेछ

ब्रेकफास्टमा यी खानेकुरा खानुपर्छ, शरीरमा दिनभरि ऊर्जा रहनेछ
सुन्नुहोस्

काठमाडौं : गर्मीमा थकान महसुस हुनु, चक्कर लाग्नु, अल्छी लाग्नु र ऊर्जाको कमी हुनु सामान्य कुरा हो।  गर्मीमा तापक्रम बढी हुँदा शरीरबाट धेरै पसिना आउँछ, जसले गर्दा शरीरमा पानीको कमी हुन्छ। त्यसैले, सबैभन्दा पहिले यो मौसममा प्रशस्त पानी पिउनुपर्छ। ब्रेकफास्टमा शरीरलाई स्वस्थ राख्नुका साथै दिनभर ऊर्जावान दिने खाने कुरा खानुपर्छ।  

अण्डा

ब्रेकफास्टको लागि उत्कृष्ट विकल्प अण्डा हो। अमेरिकी वेबसाइट हेल्थलाइनको रिपोर्ट अनुसार एउटा अण्डामा लगभग ७५ क्यालोरी, लगभग ६ ग्राम प्रोटिन र लगभग ५ ग्राम स्वस्थ बोसो हुन्छ।   अण्डा एकदमै स्वस्थकर ब्रेकफास्टको लागि एक उत्तम विकल्प हो। अण्डा धेरै पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ। त्यसैले यसलाई सादा उमालेर खान सक्नुहुन्छ। यसबाहेक यसलाई तरकारीमा मिसाएर आमलेट बनाउन पनि सकिन्छ।  

ओटमिल

ओट प्रोटिन र कार्बोहाइड्रेटको राम्रो स्रोत हो। यसले शरीरलाई शक्ति दिन्छ।  ओटमिलले फाइबर पनि प्रदान गर्दछ। यसले लामो समयसम्म पेट भरिपूर्ण राख्छ र दिनभरि ऊर्जा प्रदान गर्दछ।  

फलफूल

बिहानको ब्रेकफास्टमा फलफूल अवश्य समावेश गर्नुपर्छ। तर, खाली पेटमा फलफूल खानु हुँदैन। स्वस्थकर केही खाएपछिफलफूल ब्रेकफास्टमा खान सक्नुहुन्छ। यसको सेवनले शरीरलाई पर्याप्त र तुरुन्तै ऊर्जा प्राप्त हुन्छ। केरा, स्याउ, सुन्तला, किवी, जामुन र एभोकाडो जस्ता सबै फलफूलले शरीरलाई ऊर्जावान राख्न मद्दत गर्नेछ र तौल पनि नियन्त्रणमा राख्नेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.