अन्नपूर्णकर्मी महतको स्मृतिमा ५ लाखको अक्षयकोषको स्थापना गरिने

अन्नपूर्णकर्मी महतको स्मृतिमा ५ लाखको अक्षयकोषको स्थापना गरिने
सुन्नुहोस्

महोत्तरी : प्रेस चौतारी नेपालले अन्नपूर्णकर्मी स्वर्गीय पत्रकार फणि महतको स्मृतिमा अक्षयकोषको स्थापना गर्ने भएको छ । बिहीबार महोत्तरीको बर्दिबासमा प्रेस चौतारी नेपाल मधेश प्रदेशको पहिलो बैठकले सो निर्णय गरेको हो।

अन्नपूर्णकर्मी महतको स्मृतिमा तत्कालका लागि ५ लाख रकम बराबरको अक्षयकोष स्थापित हुने प्रेस चौतारी नेपाल मधेश प्रदेशका महासचिव दिवाकर भण्डारीले बताए। जसमा ४ लाख प्रेस चौतारीका केन्द्रीय समिति र बाँकी १ लाख रुपैयाँ मधेश प्रदेश समितिले रकमको बन्दोबस्त गर्ने महासचिव भण्डारीले बताए।

प्रेस चौतारी नेपाल, मधेश प्रदेशका संस्थापक अध्यक्ष तथा रौतहटका सक्रिय पत्रकार महतको २०८२ वैशाख ३० गते ४६ वर्षको उमेरमा निधन भएको थियो । उनी केही वर्षदेखि ब्रेन ट्युमर ग्रसित थिए । उनको उपचारको क्रममा निधन भएको हो ।

दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारिता क्षेत्रलाई कलम, खोज र तथ्यमा आधारित समाचारमार्फत योगदान दिँदै आएका पत्रकार महतको निधनले संगठन र सम्पूर्ण सञ्चार जगतलाई अपूरणीय क्षति पुगेको सो क्रममा वक्ताहरूले बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.