निजामति विधेयकमा कर्मचारीको असन्तुष्टि, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

निजामति विधेयकमा कर्मचारीको असन्तुष्टि, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
सुन्नुहोस्

काठमाडौं : संघीय निजामती सेवा विधेयकमा उल्लेख केहि प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केहि प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरूले आइतबार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् । 

उनीहरूले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ वर्ष राख्नुपर्ने, संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्नेलगायतका माग राखेका छन् । 

त्यस्तै स्थानीय  र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने,तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटनुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालले बताए।

विधेयकले कर्मचारीको मनोवल घटाउने काम गर्ने भन्दै आफूहरूको माग मुद्दामा सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरूले दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.