सामाजिक सञ्जालमा भाइरल नेशनल मेडिकल कलेजको भीडीयो प्रकरणबारे कलेज प्रशासन के भन्छ ?

सामाजिक सञ्जालमा भाइरल नेशनल मेडिकल कलेजको भीडीयो प्रकरणबारे कलेज प्रशासन के भन्छ ?
सुन्नुहोस्

वीरगन्ज : वीरगञ्जस्थित मेडिकल कलेजमा बिरामीलाई आईसीयूमा भर्ना गर्ने क्रममा चिकित्सक र आफन्तबीच भएको विवाद सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त भीडीयोमा बिरामीलाई थप उपचारका लागि आईसीयूमा राख्नुपर्ने चिकित्सकले सुझाव दिएको र मृत्यु भइसकेको व्यक्तिलाई आईसीयुमा राख्न नपर्ने आफन्तले अडान राखेको देखिन्छ। उपचारको विषयलाई लिएर चिकित्सक र बिरामीका आफन्तबीच भएको विवाद सामाजिक सञ्जालमा भाइरल बनेपछि सत्यताबारे बुझ्न मेडिकल कलेज प्रशासनसँग अन्नपूर्णकर्मी क्रान्ति साहले गरेको कुराकानी :

यस्तो भन्छ अस्पताल प्रशासन

मेडिकल कलेजका प्रशासन प्रमुख गौसुल आलमका अनुसार,शनिबार राति ११:४५ बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाका अन्दाजी ७० वर्षीय चन्देश्वरप्रसाद सिंहलाई अचेत अवस्थामा उनका आफन्तजनले मेडिकल कलेजमा उपचारका लागि ल्याएका थिए । सुरूमा आकस्मिक कक्ष (इमरजजेन्सी) मा भर्ना गरिएका उनको उपचारमा डा. सबना थापा,डा. अतुलेश चौहान र डा.आतिष साह खटिए । बिरामीको इसीजी,पीपीआरलगायतका जाँच गरे । जाँचका क्रममा बिरामीको मुटुको धड्कन चलेको देखियो । 

त्यसपछि उपचारमा संलग्न डाक्टरहरूले बिरामीलाई आइसीयुमा राखेर थप उपचार गर्नुपर्ने देखिएकाले आइसीयुमा लगेर भर्ना गर्नुपर्ने भन्दै बिरामीसँगै रहेका आफन्तजनलाई जानकारी गराए । अनि आइसीयुमा लग्न राति १२:१० बजे बिरामीलाई स्ट्रेचरमा राखेर इमरजेन्सी वार्डबाट निकाल्ने क्रममा बाटोमै आफन्तजनले रोकेर विवाद गर्न थाले । 

मरिसकेको मान्छेलाई डाक्टरले आईसीयुमा  भर्ना गर्न थालेको भन्दै उनीहरूले विवाद र हल्ला गर्न थाले। थप उपचार नपाएर बिरामीको राति १२:२२ बजे स्ट्रेचरमै मृत्यु हुन पुगेको प्रशासन प्रमुख आलमले बताए । बिरामीको मृत्यु भएलगत्तै आफन्तजनले राति नै शव घर लिएर गएको आलमको भनाइ छ । 

आलमले भने,‘विवादित भिडियो सामाजिक सञ्जालमा आएपछि हामीले बिहानै अस्पतालमा रहेको सीसीटीभी फुटेजहरू हेर्यौ । अस्पताल प्रशासनका तर्फबाट कुनै लापरवाही भएको छैन । थप उपचारका लागि आइसीयुमा समयमै लैजान नपाएका कारण बिरामीको मृत्यु हुन पुग्यो ।’

सीसीटीभीको सबै भीडियो कलेज प्रशासनसँग सुरक्षित रहेको बताए। उनले भने,‘यदि कसैलाई केहि शंका छ भने हामी कहाँ आएर सत्यतथ्य बुझे हुन्छ । हामी सबै फुटेज देखाउन तयार छौं ।’उनका अनुसार उक्त भिडियोबारे मृतक सिंहका आफन्तजनसँग पनि सम्पर्क गर्ने प्रयास गरिए पनि उनीहरूसँग सम्पर्क हुन सकेन ।' 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले हालसम्म उक्त घटनाबारे कुनै उजुरी वा निवेदन नपरेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.