तीनकुने घटना : ६१ जनाविरुद्ध मुद्दा दायर, चार नाबालकविरुद्ध सोमबार दर्ता हुने

तीनकुने घटना : ६१ जनाविरुद्ध मुद्दा दायर, चार नाबालकविरुद्ध सोमबार दर्ता हुने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूमध्ये ६१ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। आरोपीहरूमा ४ जना नाबालक छन्। उनीहरूको हकमा सोमबार अर्को मुद्दा दर्ता गरिने छ।
 
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार तीनकुने घटनामा करौडौं क्षति भएको भन्दै उजुरी दर्ता गरिएको छ। २ जनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनको ३८४ पृष्ठ लामो अनुसन्धान प्रतिवेदनसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। 

नाबालकसहित ६५ जनालाई प्रतिवादी बनाउने निर्णय गरिएको सहन्यायाधिवक्ता काफ्लेले बताए। अभियोगपत्रमा ११ जनालाई फरार प्रतिवादी बनाइएको छ। आरोपीहरूविरुद्ध प्रहरीले राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसूर, ज्यान मार्ने उद्योग र संगठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाइनेछ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार तीनकुने घटनाको अनुसन्धान प्रतिवेदनमा प्रहरीले १०८ जनालाई अनुसन्धान गरेको थियो। जसमा ९० जना पक्राउ परेका थिए। ५३ जना प्रहरी हिरासतमा छन्। 

जिल्ला अदालतमा बुझाइएको अभियोगपत्र अनुसार मुख्य प्रतिवादी र उनीहरूलाई लागेको कसूर।
दुर्गा प्रसाई, राज्य विरुद्धको कसूर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव तथा संगठित अपराध तथा एकीकृत कसूर।
रविन्द्र मिश्र, राज्य विरुद्धको कसूर,  आपराधिक उपद्रव तथा सुगठित अपराध तथा एकीकृत कसूर।
धवलसमशेर जबरा, राज्यविरुद्धको कसूर,  आपराधिक उपद्रव तथा सुगठित अपराध तथा एकीकृत कसूर।
पुस्कर खतिवडा, राज्यविरुद्धको कसूर,  आपराधिक उपद्रव तथा सुगठित अपराध तथा एकीकृत कसूर।
गोकर्ष शाही, राज्यविरुद्धको कसूर, कर्तव्य ज्यान र आपराधिक उपद्रव तथा संगठित अपराध तथा एकीकृत कसूर ।
डन्डपानी रेग्मी, सन्तोष कुमार सिलवाल, हेमराज थारु, राज्यविरुद्धको कसूर, कर्तव्य ज्यान र आपराधिक उपद्रव तथा संगठित अपराध तथा एकीकृत कसूर।
हरिहर चौलागाई, राज्य विरुद्धको कसूर, कर्तव्य ज्यान, र आपराधिक उपद्रव तथा संगठित अपराध तथा एकीकृत कसूर।
सरोज गौतम, ‘तारा राजावादी’, राज्यविरुद्धको कसूर, कर्तव्य ज्यान र आपराधिक उपद्रव तथा संगठित अपराध तथा एकीकृत कसूर।
सतिस न्यौपाने, राज्यविरुद्धको कसूर, कर्तव्य ज्यान र आपराधिक उपद्रव तथा संगठित अपराध तथा एकीकृत कसूर।

प्रतिवादी दुर्गा प्रसाईले ज्यान मार्ने उद्योग गरेकोमा पीडितहरुलाई मुलुकी अपराध संहिता ०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ। 
त्यस्तै हरिहर चौलागाई, सरोज गौतम, सतिस न्यौपाने, गोकर्ष शाही, डन्डपानी रेग्मी, सन्तोष राजावादी, कुमार जैसवाल, हेमराज थारुबाट मृतक सुरेश रजकको हकवालालाई मनासिब क्षतिपूर्ति भराउने मागदाबी लिइएको छ।
 
प्रदर्शनको क्रममा प्रसाई चढेकोे बागमती प्रदेश–०२७ च ३८४७ नम्बरको गाडी हुइँक्याउँदै प्रहरीको घेरा तोडेर बानेश्वर तर्फ अघि बढेपछि हिंसा भड्किएको थियो। 

प्रदर्शनमा संलग्न मध्ये राज्य विरुद्धको कसूरमा म्याद थप भएका २६ जना र आपराधिक उपद्रव कसूरमा म्याद थप भएका २७ जना हिरासतमा छन् । अनुसन्धानको क्रममा ३७ जनालाई हाजिर जमानीमा रिहा गरिएको छ।  उनका अनुसार राज्य विरुद्धको कसूरमा अनुसन्धान गरिएका मध्ये ३ जना अनुसन्धानको क्रममा रिहा भएका थिए । यीमध्ये राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र सर्वोच्चको आदेशपछि केहि दिन अघि रिहा भएका हुन् ।  राप्रपाका महामनत्री धवल शमसेर जवरा उपचार गर्ने क्रममा प्रहरीले रिहा गरेको थियो । खेमराज सेढाई पनि गत बैसाख २५ मा नै रिहा भैसकेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.