यसकारण रिहा भएलगत्तै फेरि समातिए युनुस अन्सारी

यसकारण रिहा भएलगत्तै फेरि समातिए युनुस अन्सारी
सुन्नुहोस्

काठमाडौं : बाराका व्यापारी युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरण कुसूरमा अनुसन्धान सुरु भएको छ। १० जेठ २०७६ मा ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए। यो मुद्दामा ६ वर्ष कैद सजाय पाएका उनी जेठ १० गते शनिबार रिहा भएका थिए। रिहा हुनासाथ उनलाई अर्को कसूरमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी होविन्द्र बोगटीका अनुसार सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान गर्न अदालतले उनलाई ५ दिनको म्याद दिएको छ। घटना पुरानै भए पनि अनुसन्धान ढिलामात्रै सुशुरु भएको विषयमा एसएसपी बोगटी भन्छन्, 'उहाँविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा विभागबाट नै अनुसन्धान भइरहेको थियो। सिआइबीको जिम्मामा पछि मात्रै आएको हो। आन्तरिक अनुसन्धान भइरहेकै थियो।'
 

उनी शनिबार कैद मुक्त हुने भएपछि सीआइबीले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार पत्र पठाएको थियो। त्यही पत्रका आधारमा उनी रिहा हुनासाथ पक्राउ परेका हुन्। 
 
अन्सारी पटक-पटक भारतीय जाली नोटको कारोबारमा संलग्न देखिएका छन्। उनी हिरासतमै रहेका बेला भारतीय सार्प सुटर कारागारभित्रै पुगेर उनीमाथि गोली हान्ने प्रयास गरेको थियो। अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका छन्। केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलासमेत अन्सारीमाथि २०६७ फागुन २६ गते गोली हानी हत्या प्रयास गरिएको थियो। उनलाई भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले कारागार गोली हानी हत्या प्रयास गरेका थिए।

नेशनल टेलिभिजनका अध्यक्षसमेत रहेका युनुस अन्सारी २०६६ मा पुसमा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए। ६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए। तेस्रोपटक १० माघ २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटे। १० जेठ २०७६ मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परका थिए। यही कसूरमा उनी पटक-पटक कारागार बसेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.