ग्यास लिक भएर आगलागी हुँदा दाजु–बहिनीको मृत्यु

ग्यास लिक भएर आगलागी हुँदा दाजु–बहिनीको मृत्यु
सुन्नुहोस्

कपिलवस्तु : खाना पकाउने ग्यास सिलिण्डरबाट निस्केको आगोले जलेर शुद्धोधन गाउँपालिका-५ जयनगरमा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ। 

शुद्धोधन गाउँपालिका-५ जय नगरका २५ वर्षीय शिव कुमार यादव र उनकी बहिनी १८ वर्षीय सोनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार साँझ घरमा रहेको ग्याँस चुल्होमा खाना पकाउने क्रममा रेगुलेटर खोलेपछि निस्केको आगोले गम्भीर घाइते भएका दाजु बहिनीको उपचारको क्रममा मृत्यु भएको हो। 

मृतक सोनम स्थानीय राष्ट्रिय मावि मुडफुटवा कक्षा १० मा अध्ययनरत थिइन्। सोनमको निधनको दुःखद खबरसँगै विद्यालयले आज शोक बिदा गरेको विद्यालयका प्रधानाध्यापक लाल चन्द पाण्डेयले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.