मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुन्नुहोस्

भीमफेदी (मकवानपुर) : पालुङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

दुर्घटनामा परी हाल ठेगाना नखुलेका अन्दाजी ३५-४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

प्रहरीका अनुसार आज साँझ थाहा नगरपालिका-३ विद्युत् प्राधिकरण नजिकै त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा३ख ५९९० नम्बरको यात्रुबाहक बस सडकमा हिँडिरहेका पैदलयात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा खसेको थियो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमाण्डमा खटिएको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो।

घाइतेमध्ये अन्दाजी ३५-३६ वर्षका रघुनन्दन यादव र कमलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको छ। त्यस्तै बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र त्यहाँकै कोल्हवी नगरपालिका-१ का ३० वर्षीय रामगुलाम चौधरीको पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरी निरीक्षक अर्यालले प्रारम्भिक जानकारी अनुसार बसमा चालक थाहा नगरपालिका-५ निवासी २९ वर्षीय राजेश कार्की मात्र रहेका र मृतक तथा घाइते भएकाहरू पैदलयात्री रहेको बुझिएको बताए। चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.