गर्मीमा मौसमी फलफूल खानु किन महत्त्वपूर्ण छ ?

गर्मीमा मौसमी फलफूल खानु किन महत्त्वपूर्ण छ ?

काठमाडौं : गर्मीमा आफ्नो हजुरआमाबाट मौसमी फलफूल खानुका फाइदाहरूको बारेमा सुन्नुभएको होला।  

गर्मीमा बजारमा तरबुजा, खरबुजा, आँप र लिची जस्ता फलफूल प्रशस्त मात्रामा पाउँछन्। यी फलहरू रंगीन, राम्ररी पाकेका, गुलियो, ताजा तथा स्वादमा उत्कृष्ट र पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छन्।  

यीनीहरूले हाइड्रेशन, पाचन र गर्मी सुरक्षामा पनि मद्दत गर्छन् र भिटामिन र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छन्।  

हाइड्रेसन आवश्यक  

यी फलफूलमा पानीको मात्रा उच्च हुन्छ। जसले गर्मी मौसममा शरीरमा पानीको कमीलाई पूरा गर्छ र हाइड्रेटेड रहन मद्दत गर्छ। त्यसैले गर्मीमा प्रशस्त पानी र मौसमी फलफूल सेवन गर्नुपर्छ।   

पाचनमा सुधार  

गर्मीका फलफूलहरूमा प्रायः पानीको मात्रा बढी हुन्छ र फाइबर प्रशस्त मात्रामा हुन्छ। त्यसैले यीनीहरू पेट र पाचन प्रणालीको लागि राम्रो हुन्छन्।  

यी फलफूलले गर्मीबाट बचाउँछन्

तरबुजा र क्यान्टालूप जस्ता फलफूलहरू प्रकृतिमा शीतल हुन्छन्। त्यसैले यीनीहरूले  शरीरको तापक्रम नियन्त्रण र गर्मीसँग सम्बन्धित रोगबाट बचाउन मद्दत गर्न सक्छन्।  

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

यी सबै फलफूलमा भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ, जुन बलियो प्रतिरक्षा प्रणालीको लागि आवश्यक छ। प्रतिरक्षा प्रणाली बलियो छ भने शरीर रोगहरूबाट सुरक्षित रहन्छ।  

सूजनलाई टाढा राख्छ

तरबूज र क्यान्टालूप जस्ता फलफूलहरूमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले सूजन कम गर्न मद्दत गर्दछ। न्टिअक्सिडेन्टले बुढ्यौली बढाउन जिम्मेवार फ्री रेडिकलहरूसँग पनि लड्छ।   त्यसैले जवान र सुन्दर रहन चाहनुहुन्छ भने दैनिक मौसमी फलफूल अवश्य सेवन गर्नुहोस्।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.