टुँडिखेलमा गणतन्त्र दिवस समारोह (Live)
काठमाडौं : संघीय सरकारले १८ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। बिहीबार बिहान काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न विशिष्टहरुको उपस्थितिमा गणतन्त्र दिवस मनाइँदैछ ।
जनआन्दोलन ०६२/ ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ।
संघीय सरकार र केन्द्रीयस्तर, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावास र प्रदेश राजधानी (केन्द्र), जिल्ला र स्थानीयस्तरमा गरिने कार्यक्रम समेत तय गरिएको छ ।
यसैगरी एमालेले पनि काठमाडौंमा विशेष कार्यक्रम गरी गणतन्त्र उत्सव मनाउँदैछ।
प्रतिक्रिया दिनुहोस !