सवारी दुर्घटनामा एक जनाको मृत्यु
धरान : सुनसरीको इनरुवा नगरपालिका–७ जमुवा चोकम सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको हुलाकी सडक खण्डमा बलाहाबाट औराबनीतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ८०५४ नम्बरको सेफ्टी ट्याङ्की र विपरीत दिशाबाट आउँदै गरेको को३२प १३९२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि बसेका दुहबी नगरपालिका–११ का देवनारायण उराँवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए। उनका अनुसार घाइते मोटरसाइकल चलाक दुहबी नगरपालिका–११ बस्ने २३ वर्षीय मनिरत्न चौधरीलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको छ। दुवै सवारी साधन र सेफ्टी ट्याङ्ईकीका चालक लस्कर अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको डिएसपी खतिवडाले बताए।
प्रतिक्रिया दिनुहोस !