आईसीसी विश्वकप लिग २ : जित्नैपर्ने दबाबमा नेपाल

आईसीसी विश्वकप लिग २ : जित्नैपर्ने दबाबमा नेपाल
तस्बिर : क्यान

काठमाडौं : नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो श्रृंखलाका खेलहरू खेल्दैछ। नेपालले सोमबारदेखि स्कटल्यान्डमा सुरु हुने यस शृंखलामा घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग दुई-दुई खेल खेल्नेछ।

यसअघि लिग २ अन्तर्गत १२ खेलमा मात्र ६ अंक जोड्न सफल नेपाल हालः ८ टोली सहभागी लिगको अंक तालिकाको पुछारमा छ। यो शृंखला नेपालका लागि अवे (विदेशी) मैदानमा अंक बटुलेर तालिकामा सुधार ल्याउने महत्वपूर्ण अवसर हो।

अघिल्ला तीन शृंखलामा नेपालको प्रदर्शन सन्तोषजनक थिएन। तर, नयाँ खेलाडी र नयाँ प्रशिक्षकसहित टिमले यसपटक सकारात्मक नतिजा ल्याउने अपेक्षा गरिएको छ। प्रशिक्षक स्टुअर्ट लका लागि पनि यो शृंखला रणनीतिपूर्ण प्रयोगको अवसर हुनेछ। दक्षिण अफ्रिकाबाट ल्याइएको नयाँ सल्लाहकार प्रशिक्षकको सहयोगले पनि रणनीतिमा विविधता आउने विश्वास लिइएको छ।

स्कटल्यान्डको पिच र परिस्थितिबारे राम्रो जानकारी भएका प्रशिक्षकले फरक रणनीति ल्याउने प्रयास गर्नेछन्। यसकारण, नेपालका लागि यो सिरिज चुनौतीसँगै अवसरले भरिएको छ।

नेपालले यसपटक पाँच जना पेस बलरलाई समेटेर शृंखलामा सहभागी भएको छ, जसबाट टिमलाई फाइदा हुने अपेक्षा छ। नन्दन यादव नयाँ पेस बलरका रूपमा टोलीमा समावेश भएका छन्। अष्ट्रेलियामा क्रिकेट खेलिरहेका उनले हङकङविरुद्धको टी-२० सिरिजबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

स्पिन विभागमा सन्दीप लामिछाने र ललित राजवंशीले प्रभाव जमाउने अपेक्षा गरिएको छ।

नेपालको ब्याटिङ सधैं चुनौतीपूर्ण रहँदै आएको छ। तर, स्कटल्यान्ड जानुअघि युकेमा भएका अभ्यास खेलमा मध्यक्रमका भीम सार्की र आरिफ शेखले राम्रो लय समातेका छन्। घाँसे पिचमा देखिएको प्रदर्शनका आधारमा केही हदसम्म सुधारको आशा गर्न सकिन्छ।

ओपनिङ जोडीको सुरुआत र शीर्षक्रमका चार ब्याटरको निरन्तरता टिमको सफलता तय गर्नेछ। पिचको अवस्था बुझ्न नेपालले स्कटल्यान्ड ‘ए’विरुद्ध एउटा अभ्यास खेल पनि अर्को खेल वर्षाका कारण रद्द भएको थियो।

नेपालका बलरहरू १०औं ब्याटिङ क्रमसम्म टिक्नसक्ने क्षमतायुक्त छन्। सुरुआतमा संयमता अपनाउन सके ब्याटिङ समस्या समाधान हुन सक्छ। सोमपाल कामी, करण केसी र नन्दन यादवको त्रिकोणात्मक बलिङ संयोजनसँगै गुलशन झा र बायाँ हाते पेसर रिजन ढकालले पनि राम्रो योगदान दिने सम्भावना छ।

युकेको तयारी सफल
स्कटल्यान्ड भ्रमणअघिको तयारीस्वरूप नेपालले युकेमा चारवटा काउन्टी क्लबसँग अभ्यास खेल खेल्यो। कार्डिफको न्यू पोर्ट, एमसीसी, ग्लामोर्गनसँग एकदिवसीय खेल र ग्लोसेस्टरशायरसँग टी-२० खेल खेल्दै सबैमा अपराजित रह्यो। युकेको अभ्यासले नेपाली टिमलाई त्यहाँको पिच र मौसम बुझ्न सघायो। विशेष गरी मध्यक्रमका ब्याटरहरूले रन बनाउन सफल भएपछि टिमको आत्मविश्वास बलियो बनेको छ।

सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पत्रकारसँग भनेका थिए, 'हामी सकेसम्म ४ वटै खेल जित्ने प्रयास गर्नेछौं। नभए पनि २ देखि ३ खेल जित्यौं भने आगामी शृंखलामा सहज हुनेछ।'

उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि चुनौतीपूर्ण शृंखला भए पनि अभ्यास सन्तोषजनक भएको र टिमले शतप्रतिशत दिने बताए। 'नयाँ प्रशिक्षकसँग अभ्यास राम्रो भएको छ। स्कटल्यान्डमा चुनौती भए पनि हामी तयार छौं,' उनले भने।

लिग २ मा नेपालको स्थिति

नेपालले हालसम्म लिग २ मा १२ खेल खेलेको छ, जसमा २ जित, ८ हार र २ खेल नतिजाविहीन रहे। पहिलो शृंखलामा घरेलु मैदानमा नेपालले नेदरल्यान्ड्ससँग १ जित हात पारेको थियो भने नामिबियासँग दुवै खेलमा पराजित भएको थियो। 

सेप्टेम्बरमा क्यानडामा सम्पन्न दोस्रो शृंखलामा ओमान र क्यानडासँग भएका खेलमा नेपाल कुनै जित निकाल्न सकेन। तेस्रो शृंखला अमेरिकामा भएको थियो। नेपालले स्कटल्यान्डलाई एक खेलमा हराएको थियो भने अमेरिकासँग दुवै खेलमा हार व्यहोरेको थियो। स्कटल्यान्डसँगको अर्को खेल वर्षाका कारण हुन सकेन।

हालको शृंखलामा चार वटै खेल जितेमा नेपाल १४ अंकसहित छैटौं स्थानमा पुग्नेछ। नेपालले कम्तीमा २ वा ३ खेल जित्न सक्यो भने तालिकामा उल्लेखनीय सुधार गर्न सक्नेछ। कम्तीमा १ खेल जिते पनि पुछारको स्थानबाट माथि उठ्ने सम्भावना रहन्छ। त्यसैले, यो शृंखला नेपालका लागि चुनौती मात्र नभई महत्त्वपूर्ण अवसर पनि हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.