ग्लेन म्याक्सवेलले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास
काठमाडौं : अष्ट्रेलियाली क्रिकेटर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका छन्। ग्लेन म्याक्सवेलले सोमबार एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन्।
फाइनल वर्ड पोडकास्टमा आफ्नो सन्न्यासबारे म्याक्सवेलले भने, ‘मलाई लाग्छ अब मेरो ठाउँमा अरू कसैलाई मौका दिने समय आएको छ। त्यो खेलाडीले त्यो पद लिन सकोस् र २०२७ को विश्वकपको लागि आफूलाई तयार गर्न सकोस्।’
आफ्नो ठाउँमा आउने खेलाडीले राम्रो प्रदर्शन गर्न पर्याप्त समय पाउने उनले विश्वास व्यक्त गरे।
म्याक्सवेलले १४९ एकदिवसीय खेल खेले र ३९९० रन बनाए। उनको उच्चतम स्कोर २०१ रन (नटआउट) थियो। म्याक्सवेलले आफ्नो एकदिवसीय क्रिकेट करियर २०१२ मा अफगानिस्तानविरुद्धको खेलबाट सुरु गरेका थिए।
म्याक्सवेलले आफ्नो एकदिवसीय करियरमा ७७ विकेट पनि लिए। उनी दुई पटकको एकदिवसीय विश्वकप विजेता हुन्।
प्रतिक्रिया दिनुहोस !