नेपाललाई स्कटल्यान्डले दियो २९७ रनको लक्ष्य
काठमाडौं : स्कटल्यान्डले नेपाललाई २९७ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइसीसी लिग २ अन्तर्गतको खेलमा घरेलु मैदानमा टस जितेर बलिङ गरेको नेपाललाई स्कटल्यान्डले विशाल रनको लक्ष्य प्रस्तुत गरेको हो।
स्कटल्यान्डले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा २९६ रन बनायो। स्कटल्यान्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन बनाए। त्यस्तै फिन्ले म्याक्रिथले ५५ रन बनाए।
नेपालका लागि रिजन ढकाल, किरण केसी र सोमपाल कामीले २-२ विकेट लिए। सन्दीप लामिछानले एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस !