करण केसी नायक बनेपछि स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

करण केसी नायक बनेपछि स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ को चौथो शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक १ विकेटको जित निकालेको छ। स्कटल्यान्डले दिएको २९७ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा २९७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

अन्तिम ५ बलमा नेपाललाई जितका लागि ७ रन चाहिएको अवस्थामा अन्तिम ओभरको पहिलो बलमा सन्दिप लामिछाने क्याच आउट भए। अन्तिम विकेटको रुपमा रिजन ढकाल थिए। अन्तिम ओभरको दोस्रो बल वाइड भयो। अन्तिम ओभरको अन्तिम बलमा नेपाललाई जितको लागि १ रन चाहिएको अवस्थामा क्रिजमा थिए करण केसी। अन्तिम बल वाइड फालेपछि नेपालले जित निकालेको हो। 

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिएका थिए। तेस्रो र चौथो क्रमका ब्याटर भिम सार्की र रोहित पौडेलको विकेट गएपछि नेपालको इनिङ्स सम्हाल्ने ब्याटर कोही भएन। तर आठौं विकेटका लागि करण केसी र गुल्सन झाले ६० रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए। क्रिजमा रहेर करण केसीले उत्कृष्ट ६५ रनको अविजित पारी खेले। उनीसँगै रिजन ढकाल १ रनमा अविजित रहे। 

नेपालले पहिलो विकेटका लागि ११.६ ओभरमा आसिफ शेखको विकेट गुमाएको हो। आसिफले ३३ बलमा २ चौका प्रहार गर्दै २० रनमा क्याच आउट भए। दोस्रो विकेट अर्का ओपनर कुशलको गयो। उनले यो खेलमा एकदिवसीय क्रिकेटमा आफ्नो नवौं अर्धशतक पूरा गरे। १२.४ ओभरमा कुशल ५३ रन बनाउँदै क्याच आउट भए। नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै १०० रन पूरा गर्यो। 

२१.५ ओभरमा २४ रन बनाएर खेलिरहेका भिम सार्कीमाथि एलबीडब्ल्युको अपिल भएको थियो। अन्ततः २८.३ ओभरमा नेपालले तेस्रो विकेटको रुपमा उनको विकेट गुमायो। भिमले ४८ बलमा ३ चौकासहित ४० रन बनाउँदै पेभेलियन फर्किए। नेपालले १५२ रन बनाउँदा तेस्रो विकेट गुमाएको हो।

त्यसपछि नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेलको विकेट गुमायो। नेपालले ३०.३ ओभरमा १६० रन बनाउँदा चौथो विकेटको रुपमा कप्तानलाई गुमाएको हो। पाँचौं र छैटौं विकेट उपकप्तान दिपेन्द्र सिंह ऐरी र आरिफ शेखको गयो। यी दुई ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सातौं विकेट सोमपाल कामीको गयो। उनी खाता मात्रै खोलेर पेभेलियन फर्किए। नेपालले ४० ओभरमा २०० रन पूरा गरेको थियो। 

सातौं क्रममा आएका गुल्सन झाले केही ठूला सटहरु खेल्ने कोशिस गरे। उनले आठौं विकेटका लागि करण केसीसँग ६० रनको अर्धशतकीय साझेदारी गर्दै खेलमा फर्काउने कोसिस गरेका थिए। उनले २९ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। नेपालले ४५.३ ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनायो। 

स्कटल्यान्डका लागि बलिङतर्फ ब्रान्डन म्याकमुलेन नेपालका लागि घातक बने। उनले १० ओभर बलिङ गर्दै २ मेडनसहित ३ विकेट लिए। ज्याक जार्भिस र माइकल लिस्कले २/२ विकेट लिए। मार्क वाट र जास्पर डेविटसनले १/१ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। स्कटल्यान्डका लागि ओपनर चार्ली टियर नेपालका लागि घातक बने। उनले ७२ बलमा १२ चौका र १ छक्कासहित ८० रन बनाए। अर्का ओपनर जर्ज मुन्सेलाई भने रिजन ढकालले सस्तैमा पेभेलियनको बाटो देखाए। तेस्रो क्रममा आएका ब्रान्डन म्याकमसलेन १९ रनमा सोमपाल कामीको बलमा वसिर अहमदको हातमा क्याच भए। 

कप्तान रिची बेरिङटोनले ४०, फिन्ले म्याकक्रिटले ५५ रन र विकेट किपर ब्याटर म्याथ्यु क्रसले ३९ रन बनाए। माइकल लिस्कले १८ रन बनाउँदा मार्क वाट र ज्याक जार्भिस क्रमशः १० र ४ रनमा अविजित रहे। नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २/२ विकेट लिए। सन्दीप लामीछानेले १ विकेट लिए। 

नेपालले यस शृंखलाको दोस्रो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.