उग्र बन्दै यातायात व्यवसायी यात्रुमाथि जथाभावी कुटपिट

उग्र बन्दै यातायात व्यवसायी यात्रुमाथि जथाभावी कुटपिट
गोरखा नगरपालिका–११ बाह्रकिलोमा गाडीलाई घेराबन्दी गर्दै बन्दकर्ता ।

गोरखा : सिन्डिकेट माग गर्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायी तथा मजदुरहरू दिनप्रतिदिन उग्र बन्दै गइरहेका छन् । आफ्नो कालो नम्बर प्लेटका गाडीहरू थन्क्याएर हड्तालमा उत्रिन आग्रह गरेका उनीहरूले निजी गाडी, पर्यटकका गाडी पनि बन्द गराइरहेका छन् । गाडी तोडफोडदेखि व्यक्तिमाथि कुटपिट गर्न थालेका छन् ।

बन्दकर्ताहरूले सार्वजनिक सडकमा आफ्नै गाडीमा यात्रा गरेका यात्रुहरूमाथि निर्घात कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–१० मिरकोटका कृष्णहरि देवकोटामाथि गत शनिबार कुटपिट गरेका छन् । रातो नम्बर प्लेटको आफ्नै बोलेरो जिपमा सवार उनीमाथि बाह्रकिलोमा आक्रमण गरेका हुन् ।

‘गोरखा बजारको ग्यारेजमा गाडी बनाएर घर फर्कँदै गर्दा ममाथि आक्रमण गरे’, उनले भने, ‘उनीहरूले रातो प्लेटको गाडी रोक्ने भनेका थिएनन् । तैपनि रोके । म रोकिएँ । एकछिन पख्नु, चिया, चिसो खाँदै गर्नु भने । म भोलाको पसलमा चिसो खाँदै थिएँ । त्यही बेला एक्कासी नेत्रबहादुर कुमाल आएर मलाई आक्रमण गरे । तँलाई जहाँ भेटे पनि मार्छु भनेर धम्की पनि दिए ।’

उनीविरुद्ध प्रहरी चौकी रातामाटे सेरामा जाहेरी दर्ता गरेको देवकोटाले बताएका छन् । कुटाइ खाएको दुखेसो सुनाउँदै प्रहरी समक्ष पुग्दा शरण दिनुको साटो प्रहरीले उल्टै आफूलाई दुई हजार रुपैयाँ जरिवाना तिराएको उनको गुनासो छ । त्यस्तै, गोरखा नगरपालिका–१० टक्सारका अञ्जन घर्ती र वडा नं. ९ टक्सारका प्रशान्त आलेमाथि पनि कुटपिट भएको छ ।

निजी नम्बर प्लेटको बोलेरो जीपमा पसलको सामान बारपाक पुर्‍याएर फर्किँदै गर्दा आइतबार राति १२ बजे गोरखा नगरपालिका–१० छेपेटारमा उनीहरूमाथि कुटपिट गरिएको हो । बाटो छेकेर बसेका बन्दकर्ताहरूले कुटपिट गरेका पीडितहरूले बताएका छन् । आआफ्ना भाडाका सवारीसाधन थन्क्याएर आन्दोलनमा उत्रिन आग्रह गरे पनि निजी सवारी साधनका यात्रु कुटिएका छन् । निजी सवारी साधनका यात्रु असुरक्षित हुँदा पनि राज्य संयन्त्र, सुरक्षा निकाय मौन छन् । कमजोर सुरक्षा व्यवस्था भएको अवस्थामा जो–कोही, जहाँ पनि, जहिले पनि असुरक्षित हुने भन्दै सर्वसाधारणले गुनासो गरेका छन् ।

बन्दको दुस्प्रभाव स्वरूप सोमबार सेन्ट मेरिज र सेन्ट जोसेफ स्कूलहरू पनि बन्द भए । विद्यार्थी बोक्ने कालो नम्बर प्लेटका बसहरूले बन्दको समर्थन गरेका कारण विद्यालय खुल्न नसकेको विद्यालय प्रशासनले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.