सिस्ने गाउँपालिका पूर्ण खोप सुनिश्चितता प्राप्त गर्ने जिल्लाको पहिलो स्थानीय तह
रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिका पूर्ण खोप सुनिश्चितता प्राप्त गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ।
१६ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई नियमित खोप सेवा उपलब्ध गराएर सिस्नेले पूर्ण खोप सुनिश्चितता हासिल गरेको हो। यस उपलब्धिपछि अब गाउँपालिकाभित्र पाँच वर्षमुनिका बालबालिकाले खोप सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नरहने जनाइएको छ।
स्वास्थ्य कार्यालय रुकुमपूर्वका निमित्त कार्यालय प्रमुख तथा वरिष्ठ ल्याब टेक्निसियन निमप्रसाद गिरीले सिस्नेले खोप कार्यक्रमलाई प्राथमिकतामा राख्दै समुदायमै पुगेर जनचेतना अभिवृद्धि गरेको र नियमित खोप सेवा प्रभावकारी बनाएको बताए।
गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सबै पक्षको सहकार्य र प्रतिबद्धताको परिणाम स्वरूप यो उपलब्धि हासिल भएको बताउँदै आगामी दिनमा अन्य स्वास्थ्य सूचकहरूमा पनि सुधार गर्ने प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस !