लाओसलाई हराउने लक्ष्य बोकेर नेपाल हङकङ यात्रामा

लाओसलाई हराउने लक्ष्य बोकेर नेपाल हङकङ यात्रामा

काठमाडौं : नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप छनोटको लागि मंगलबार हङकङ उडेको छ। 

नेपालले एसियन कपको छनोटको तयारीस्वरुप हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ। हङकङसँगको खेल नेपालका लागि वार्मअप खेल हुनेछ। नेपालले जुन ५ मा हङकङसँग खेल्नेछ। उक्त खेलमा सकरात्मक नतिजा निकाल्दै एसियन कप छनोटको खेल खेल्न चाहन्छ। नेपालले एसियन कप छनोटमा लाओससँग १० जुनमा खेल्नेछ। 

नेपालका प्रशिक्षक म्याट रोसले हङकङ प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै भन्छन्, ‘हामी हङकङसँगको खेलमा जित्नकै लागि खेल्नेछौं।’ 

कप्तान किरण चेम्जोङ पनि हङकङसँगको खेलबाट गल्तीहरू सिकेर लाओेससँगको खेलमा राम्रो प्रदर्शन गर्ने बताए। ‘हङकङको खेलबाट हामीले सिक्नेछौं। हरेक खेलबाट हामीले केही चिजहरू सिक्न पाउनेछौं। त्यहाँबाट सिकेर हामी लाओससँग खेल महत्त्वपूर्ण खेल खेल्नेछौं। समुह चरणमा हामी जित्न जानेछौं।’ 

हालः टिममा २ नयाँ युवा खेलाडी थपिएका छन्। कुशल देउवा र सृजन राज गौतमले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। यसपटक राष्ट्रिय टिमले यो पटकको छनोट खेलका लागि २० दिन लामो प्रशिक्षण गरे। जसमा टिमले ५ दिन मनाङमा हाइअलटिच्युटमा प्रशिक्षण गर्‍यो। हाइअलटिच्युटमा प्रशिक्षण गर्दा नेपाली टिमका खेलाडीमा एकताको भावना वृद्धि भएको प्रशिक्षक तथा कप्तानले बताए। 

‘हङकङमा हुने खेलका लागि हाइअलटिच्युटमा गरेको प्रशिक्षणले कम अक्सिजनमा पनि कसरी खेल्ने भन्ने कुरा सिकायो। हामीले त्यो प्रशिक्षणबाट टिममा एकता पनि पायौं। खेलाडीहरू पनि नयाँ परिवेशमा निकै रमाए। हामी विदेशबाट आएकाहरूलाई पनि यो देशको रमाइलो ठाउँहरू हेर्न पाउनु राम्रो पक्ष रह्यो,' प्रशिक्षक म्याट रोसले भने। 

कप्तान किरण पनि हाइअलटिच्युटको प्रशिक्षणमा खेलाडीले एकअर्कालाई समर्थन र हौसला दिँदै प्रशिक्षण गरेको बताए। ‘हाइअलटिच्युटमा प्रशिक्षण गर्दा टिम एकताको लागि राम्रो थियो। हामीलाई सास फेर्न पनि गाह्रो भएको थियो। एक अर्कालाई हामी हौसला दिई रहेका थियौं। राम्रो अनुभव भयो,’ उनले भने।

युवा खेलाडीलाई अवसर 
नेपाली राष्ट्रिय टिममा परेका कुशल देउवा र सृजन राज गौतमले आफ्नो क्षेत्रमा राम्रो प्रदर्शन गरि राष्ट्रिय टिममा मौका बनाएका हुन्। राष्ट्रिय स्तरमा उमेर समूहबाट खेलिसकेका कुशल देउवाले सिनियर टिममा मौका बनाए। उनले नेपाली यु-२० टिमको कप्तानी गरिसकेका खेलाडी हुन्। केही समय चोटका कारण मैदान बाहिर रहेका कुशलले बी डिभिजन लिगमा च्यासल युथ क्लबबाट खेलेका थिए। उनले यु-२० मा नेपाललाई फाइनलसम्म पुर्‍याएका थिए। फाइनलमा भने घरेलु मैदानमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो। पोजिसनको आधारमा कुशल मिडफिल्डर हुन्। 

अर्का खेलाडी सृजन राज गौतम पनि मिडफिल्डमा खेल्ने खेलाडी हुन्। उनी घरेलु फुटबलमा राम्रो छाप छोड्दै राष्ट्रिय टिममा आएका थिए। उनले मलेसिया र सिंगापुरसँगको खेलको बेला पनि राष्ट्रिय टिमको प्रशिक्षणमा मौका बनाएका थिए। तर, उनले अन्तिम टोलीमा भने स्थान बनाउन सकेका थिएनन्। उनले सहिद स्मारक बी डिभिजन लिगमा बागमती युथ क्लबबाट खेलेको थिए। यस संस्करणको नेपाल सुपर लिगमा सृजनले एफसी चितवनबाट खेलेका थिए।

यी खेलाडीहरूले अन्तिम टोलीमा स्थान बनाए। यी खेलाडीको बारेमा बोल्दै प्रशिक्षक म्याट भन्छन्, ‘हाम्रो खेलाडीमा केही युवा खेलाडी छन्। उनीहहरू पनि सिनियर टिममा आएर प्रतिस्पर्धा दिइरहेका छन्।’ कप्तान किरणले पनि राष्ट्रिय टिममा आएका युवा खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेको बताए। ‘उनीहरू सुरुमा त लाज मान्थे। अहिले टिममा राम्रोसँग घुलमिल भइसकेका छन्,’ उनले पत्रकारसँग भने। 
 
रणनीति सुधार आवश्यक : प्रशिक्षक रोस 
नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक म्याट रोसले सिंगापुरसँगको खेलमा भन्दा टिमले रणनीतिक चातुर्यता देखाउनुपर्ने अनुभूति भएको बताए। उनले राष्ट्रिय टिमको प्रशिक्षणका दौरान मिडिया सेसनमा पत्रकारसँग बोल्दै म्याट भन्छन्, ‘सिंगापुरसँगको खेलमा लामो समयको तयारी थिएन। हामीले रणनीतिक र स्किल एक्जुकेसन (क्षमता प्रदर्शन)मा ध्यान दिनुपर्छ।’

उनले आफ्नो तर्फबाट रणनीतिक सुधारसहित टिममा सन्तुलन बनाउँदै खेल्दा विपक्षीलाई राम्रो चुनौती पेस गर्न सक्ने बताए। ‘खेलाडीलाई सन्तुलनमा राखेर रणनीतिकरूपमा खेलाउने छौं। यसो गरेमा हामीले विपक्षीलाई राम्रो चुनौती दिन सक्छौं।’

नेपाली टिम अगाडिका खेलहरूमा भन्दा प्राविधिक र रणनीतीकरूपमा बलियो हुनुपर्ने प्रशिक्षक म्याटले अनुभव गरेका हुन्। ‘हामी रणनीतिकरूपमा अझ बलियो हुनपर्छ। मैले बलियो रणनीति बनाउनुपर्छ।’ फिफा वरीयतामा २२ स्था माथि रहेको हङकङसँगको मैत्रीपूर्ण खेलमा जित निकाल्न पनि रणनीतिकरूपमा बलियो हुनुपर्ने हुन्छ। हङकङ फिफा वरीयतामा १५३औं स्थानमा रहेको छ भने नेपाल १७५ औं स्थानमा रहेको छ। 

कप्तान किरण चेम्जोङ पनि प्रशिक्षकको रणनीतिअनुसार टिमले खेलेमा राम्रो नतिजा ल्याउन सक्ने बताए। ‘हामी कोचको रणनीतिअनुसार नै खेल्ने छौं। अहिले कोचको रणनीतीसँग सहज भएको छ। पछिल्लो २ हप्ता यता सहज भएको छ। हामी राम्रो अवस्थामा छौं।’

‘खेलाडीले पनि मेरो रणनीति योजनाहरूका बारेमा खुलेर बसेर कुरा गर्न सक्छन्। खेलाडीलाई रणनीतिकरूपमा सँगै लिएर हिँडेका छौं,' प्रशिक्षक म्याटले खेलाडी र आफूबीच सौहार्दपूर्ण सम्बन्ध रहेको खुलाए। 

नेपालले डिफेन्समा राम्रो गर्दै आक्रमणमा पनि चुनौती दिन चाहन्छ। ‘लाओससँगको खेल निकै महत्त्वपूर्ण छ। त्यसका लागि हामी डिफेन्समा राम्रो गर्दै अट्याकमा पनि चुनौती दिन चाहन्छौं,’ प्रशिक्षक म्याटले भने। 

टिममा सबै खेलाडी फिट हुँदा र त्यसमा युवा जोस थपिँदा टिमले राम्रो प्रदर्शन गर्नेमा कप्तान किरण विश्वस्त देखिन्छन्। ‘टिममा इन्टेन्स, फिटनेस राम्रो छ। खेलाडीहरु तिष्ण छन्। डिफेन्समा राम्रो गर्दै हामीले काउन्टर अट्याकमा पहिलो भन्दा राम्रो खेल्न सक्छौं।’

नेपाली टोली 
गोलकिपर : विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ

डिफेण्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ

मिडफिल्डर : एरिक बिष्ट, आयुष घलान, कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, रोहित चन्द, सृजन राज गौतम, सुमित श्रेष्ठ

फरवार्ड : अन्जन बिष्ट, जिलेस्पी जंग कार्की, सुवास बम ठकुरी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.