१८ वर्षपछि आइपीएल च्याम्पियन बन्यो बैंग्लोर

१८ वर्षपछि आइपीएल च्याम्पियन बन्यो बैंग्लोर

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले जितेको छ। पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसीबीले उपाधि उचालेको हो। १८ वर्षको आइपीएल इतिहासमा पहिलोपटक च्याम्पियन बन्दै आरसीबीले आफ्नो उपाधि प्यास मेटाएको छ। 

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले १९० रन बनाएको थियो। १९१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रनमात्र बनायो।

पञ्जाबका लागि शशांक सिंहले सर्वाधिक ६१ रनको अविजित पारी खेले। अन्तिम समयसम्मको लागि पनि उनी एक्लै टिमको लागि लडिरहे। जोश इङ्लिसले ३९ रन बनाए। ओपनरद्वय प्रियाशं अर्या र प्रभसिम्रन सिंहले क्रमशः २४ र २६ रन बनाए। पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले फाइनलमा खेल्न सकेनन्। उनी खाता खोल्ने बित्तिकै पेभेलियन फर्किए। 

 
अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि २९ रन चाहिएको अवस्थामा आरसीबीले ६ रन डिफेन्ड गर्दै आरसीबीले १८ वर्षपछि उपाधि जित्यो। यो उपाधिले विराट कोहलीको जर्सी नम्बर १८ लाई प्रमाणित गरेको छ। आरसीबीका लागि भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले समान २-२ विकेट लिए। यश दयाल, जोश ह्याजलवुड र रोमारियो सेपहार्डले समान १-१ विकेट लिए।  

त्यसअघि ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनाएको थियो। आरसीबीका लागि ओपनर विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर फिल साल्टले १६ रन बनाउँदै पञ्जाबका कप्तान श्रेयस अय्यरको हातमा क्याच भए। 

६ ओभरमा १ विकेटको क्षतिमा आरसीबीले ५५ रन बनाएको थियो। तेस्रो क्रममा आएका मयंक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ रन बनाए। रोमियो सेपहार्डले १७ रन बनाउँदा त्यसपछिका ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। 

पञ्जाबको बलिङमा काइल जेमिसन र अर्शदिप सिंहले ३-३ विकेट लिए। अजमतुल्ला ओमरजाइ, विजय कुमार वेशक र युजवेन्द्र चहलले १-१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.