सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

रौतहट : रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा दुई सवारी साधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार पूर्व–पश्चिम राजमार्गमा सर्लाहीको बरहथवादेखि चन्द्रनिगाहपुरतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको ईभी हाईस र विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००१ ख ६०० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा ईभी हाईसमा सवार सर्लाही रामनगर गाउँपालिका–१ खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

त्यस्तै सोही हाईसमा रहेका रामनगरकी १ वर्षीया रानी कुमारी यादव र दुर्गाभगवती गाउँपालिका ५ बडेर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ का ३२ वर्षीय ग्यालसेन थोकर र ईभी हाईस चालक सर्लाही रामनगर–३ का २१ वर्षीय आकाश सिंहलाई नियन्त्रणमा लिएको राईले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.