काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
काभ्रे : काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज पनौतीबाट बेथानचोक गाउँपालिका–६ भुग्देउ जाँदै गरेको यात्रुबस भुग्देउस्थित दर्केखोलामा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिए।
घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !