नेपालको दोस्रो विकेट पतन, भुर्तेल पनि आउट
काठमाडौं : नेपालको दोस्रो विकेट पतन भएको छ। कुशल भुर्तेल २५ रन बनाएर आउट भएका छन्। नेदरल्यान्ड्सका माइकल लेभिटले भुर्तेलको विकेट लिएका हुन्।
यसअघि अर्का ओपनर आसिफ शेख १९ रन बनाएर पेभेलियन फर्किएका थिए। २२ बलमा उनले ३ चौका प्रहार गरेका थिए।
पावरप्लेमा सुस्त सुरुवात गरेको नेपालले १३.४ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ६३ रन बनाएर खेलिरहेको छ। नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस !