'आतंकवादको जोखिममा नेपाल, राष्ट्रिय सुरक्षामा रणनीतिक रूपान्तरण आवश्यक'

'आतंकवादको जोखिममा नेपाल, राष्ट्रिय सुरक्षामा रणनीतिक रूपान्तरण आवश्यक'

काठमाडौं : दक्षिण एसियामा आतंकवादको बढ्दो चुनौती र नेपालमा त्यसको प्रत्यक्ष असर पारेको भन्दै राष्ट्रिय सुरक्षामा रणनीतिक रूपान्तरणको आवश्यकता रहेको औंल्याइएको छ। सामाजिक नवप्रवर्तन तथा विदेश नीति केन्द्रले आयोजना गरेको सेमिनारमा सहभागी वक्ताहरूले नेपालको सुरक्षा रणनीति, आप्रवासन नीति, कूटनीतिक अभिव्यक्ति र गुप्तचर संयन्त्रमा देखिएको कमजोरीप्रति चिन्ता व्यक्त गरे।

केन्द्रका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले उद्‍घाटन मन्तव्यमा नेपाल आतंकवादी समूहहरूको सम्भावित 'ट्रान्जिट पोइन्ट' बन्ने जोखिममा रहेको बताए। उनले नेपालमा भएको विमान अपहरण र कश्मीरमा नेपालीमाथि भभएको आक्रमण त्यसको उदाहरण भएको बताए। 

त्यस्तै पूर्व परराष्ट्रमन्त्री तथा सांसद एनपी साउदले आतंकवादको खतरा नेपालमै प्रवेश गरिसकेकाले आप्रवासन व्यवस्थापनको कमजोरी र सुरक्षा नीति सुधार्न जोड दिए। सांसद राजकिशोर यादवले पहलगाम आतंकवादी आक्रमणमा नेपालले सार्वजनिक रूपमा प्रतिक्रिया नजनाउनु कूटनीतिक चुक भएको बताए।

त्यस्तै पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शंकर दास बैरागीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र व्यवहारबीचको खाडलले नेपालको विश्वसनीयता कमजोर बनाएको स्वीकार गरे। गुप्तचर संयन्त्र सुधार र डेटा साझेदारी सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो

त्यस्तै सेवानिवृत्त मेजर जनरल बिनोज बस्न्यातले दक्षिण एसियाली युद्धको स्वरूप बदलिँदै गएको बताउँदै नेपालको आतंकवादविरोधी नीति अझै पनि नरम कूटनीतिमा निर्भर रहेको टिप्पणी गरे। उनले रणनीतिक सुरक्षा समीक्षाको माग गर्दै भने, 'हामीले हाम्रो सुरक्षा कसरी कायम गरिएको छ, फेरि विचार गर्नुपर्छ।'

राजदूत मधु रमण आचार्यले नेपालले पहलगाम आक्रमणबारे स्पष्टरूपमा भारतको पक्ष लिनुपर्नेमा जोड दिँदै यस्ता अवसरहरूले विश्वास निर्माणमा सहयोग पुग्ने उल्लेख गरे। लेखक अमिश मुल्मीले आतंकवाद सिधै नेपालबाट नउत्पन्न भए पनि आप्रवासी जनसंख्या र खुला सीमानाका कारण नेपाल पनि प्रत्यक्ष असरमा पर्ने बताए।

नेपालले अब प्रतीकात्मक अभिव्यक्तिबाट अगाडि बढेर आतंकवादलाई राष्ट्रिय सुरक्षाको मुख्य प्राथमिकता बनाउनुपर्ने सहभागीहरूले जोड दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.