दोलखामा पहिलो पटक मिर्गौला डायलाइसिस सेवा सुरु
दोलखाको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा पहिलो पटक मिर्गौलाको डायलाइसिस सेवा सुरु भएको छ। गत शुक्रबारदेखि डायलाइसिस सेवा सुरु गरेको अस्पतालले दैनिक १ जनालाई सेवा दिइरहेको छ।
केही दिनभित्र दैनिक ३/४ जनालाई सेवा दिइने अस्पतालले जनाएको छ। ६ दिनको अवधिमा भीमेश्वर नगरपालिकाकाका ३ जना र कालिन्चोक गाउँपालिकाका एक गरी ४ जनाको उपचार भएको अस्पतालले जनाएको छ।
मिर्गौलाको उपचार जिल्लामा नहुँदा महँगो शुल्कमा काठमाडौं पुगेर उपचार गर्नुपर्ने बाध्यता हटेको छ। परीक्षणको रूपमा सुरुवाती समयमा निःशुल्क ४ जनाको डायलाइसिस गरिएको पनि अस्पतालले जनाएको छ। ५० वेड क्षमता भएको अस्पतालमा मिर्गौला डायलाइसिसका लागि ७ वेड राखिएको छ।
प्रतिक्रिया दिनुहोस !