यी हुन् उच्च रक्तचापबाट बच्ने उपाय
मुटु खुम्चने र नरम गर्ने प्रक्रिया निरन्तर रूपले चलिरहन्छ। मुटु खुम्चने क्रियालाई सिस्टोल र आराम गर्ने प्रक्रियालाई डायस्टोल भनिन्छ। यसरी खुम्चने र आराम गर्ने प्रक्रियालाई कार्डियाक चक्र भनिन्छ। एउटा चक्रको औसत समय ८ सेकेन्डको हुन्छ। र, यो कार्य एक मिनेटमा सरदर ७५ पटक हुन्छ।
रक्तनलीका भित्ताहरूमा रगतबाट पर्ने धक्काहरूलाई रक्तचाप भनिन्छ। मुटुले रगत पम्प गर्दा रक्त नलीहरूमा पर्ने भक्काको प्रभावलाई सिस्टोलिक चाप र मुटुले रगत पम्प गर्दा पर्ने प्रभावलाई डायस्टोलिक चाप भनिन्छ। उच्च रक्तचाप भएमा टाउको झम्म हुने, आँखा दुख्ने र अन्य समस्या पनि देखापर्ने हुन्छ।
उच्च रक्तचापका कारणहरू
– व्यायाम, योग तथा परिश्रम नगर्ने बानी।
– निष्क्रिय जीवनशैली।
– खानामा बडी बोसो, चिल्लो, मासु, मसला, नुन आदिको प्रयोग गर्ने बानी।
– निरन्तर मद्यपान र धूमपान गर्ने बानी
– शरीरको वजन अधिक भएमा।
– वंशाणुगत कारण।
उच्च रक्तचापबाट बच्ने उपायहरू
– शरीरको उचाइ, उमेर र परिश्रम अनुसारको सन्तुलित भोजनको सेवन गर्नुपर्छ।
– नियमित परिश्रम गर्नुपर्छ।
– दैनिक व्यायाम तथा योग गर्ने गर्नुपर्छ।
– मोटोपनाको नियन्त्रण गर्नुपर्छ।
– अनावश्यक चिन्ताबाट मुक्त हुनुपर्छ।
– धूमपान र मद्यपानबाट गर्नु हुँदैन।
– मुटुरोग विशेषज्ञको राय, सल्लाहको पालना गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !