शरीरलाई किन चाहिन्छ, भिटामिन सी ?
भिटामिन सी पानीमा घुल्ने भिटामिन हो। यो तातोले नष्ट हुन्छ। भिटामिन सीलाई सानो आन्द्राबाट सजिलै सोसेर लिई हाम्रो शरीरले उपयोग गर्दछ। भिटामिन सीका स्रोतहरू दुई प्रकारका हुन्छन्।
प्राणीजन्य स्रोतहरू र वनस्पतिजन्य स्रोतहरू। माछा, मासु, दूध, घिउ, तेल, अन्डा प्राणीजन्य स्रोतहरू हुन्। त्यस्तै वनस्पतिजन्य स्रोतमा अमला, सुन्तला, कागती मौसम स्याउ, नासपाती, मेवा, आरुबखडा पर्छन्।
भिटामिन सीका कार्यहरू
– घाउ निको हुने प्रक्रियामा सहयोग गर्दछ।
– रगत जम्ने प्रक्रियाका लागि आवश्यक हुन्छ।
– खानामा रहेको फलाम तत्त्वलाई आन्द्राबाट शोषण गर्ने काममा सहयोग गर्दछ।
– दाँत र गिजालाई स्वस्थ राख्छ।
– छालालाई नरम र स्वस्थ राख्छ।
प्रतिक्रिया दिनुहोस !