सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटनामा गृहमन्त्री लेखकद्वारा दुःख व्यक्त

सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटनामा गृहमन्त्री लेखकद्वारा दुःख व्यक्त

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर)बेपत्ता घटनाप्रति दु:ख व्यक्त गरेका छन्। शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्वन्धमा विस्तृत जानकारी लिएका हुन्।

उनले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए। 'शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न आग्रह छ,' गृहमन्त्री लेखकले भेन,'खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बीमा बारे मन्त्रालयले थप कार्य गर्नेछ ।'

उनले खतराजन्य उद्दारमा खटिने प्रहरी कर्मचारीको बीमालगायतका विषयमा थप बजेट आवश्यक परे पनि मन्त्रालय त्यसका लागि प्रयास गर्ने बताए । उनले यसप्रकार घटना पुनरावृति नहुने गरी सबैकुराको एथेष्ट ध्यान पुर्‍याएर गर्नुपर्नेमा समेत जोड दिए।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउँद (गोताखोर) बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलले घटनाबारे जानकारी दिदै बेपत्तामध्ये हरदेवको शव शुक्रबार बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल स्थानीयले देखेपछि सशस्त्र प्रहरीलाई खबर प्राप्त भएको जनाएको छ । अहिले हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराज पुर्‍याइएको छ ।

मन्त्री लेखकले बेपत्ता जवान साउँदको खोजीकार्यमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्न निर्देशन दिए। राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भइ दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भइ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।

घटनाबारे जानकारी लिन मन्त्री लेखकसँगै प्रतिनिधिसभाअन्र्तगत राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र निमित्त गृहसचिव जय नारायण आचार्य,मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका सहसचिव रामचन्द्र तिवारीलगायतका अधिकारीहरू सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेका थिए। 

मन्त्री लेखकलाई कार्यवाहक संगठन प्रमुख एवं एआईजी नारायणदत्त पौडेलले  घटनाबारे जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.