प्लास्टिक प्रदूषणको पराकाष्ठा
वातावरण संरक्षणप्रति जनचेतना फैलाउन र दिगो विकासतर्फ विश्व समुदायलाई प्रेरित गर्न वातावरण दिवस मनाइन्छ। सन् २०२५ को विश्व वातावरण दिवसको मूल नारा छ, ‘प्लास्टिक प्रदूषणको समाधान : एकसाथ अघि बढौं।’ यो नाराले विश्व समुदायलाई प्लास्टिक प्रदूषणविरुद्ध सामूहिक रूपमा कदम चाल्न आह्वान गरेको छ। जुन सन् २०२५ को नारा अत्यन्त सान्दर्भिक र महत्त्वपूर्ण छ। यो प्लास्टिकले मानव स्वास्थ्य, जलस्रोत, माटो र वातावरणमा जटिल समस्या सिर्जना गरिरहेको छ।
यस नाराले विश्व समुदायलाई एकताको भावनासाथ प्लास्टिक प्रदूषण घटाउने रणनीतिमा समर्पित गराउने सन्देश दिन खोजेको हो। नेपालजस्तो हिमाली, पहाडी र तराई भूगोलले विभाजित, जैविक विविधताले भरिपूर्ण देशका लागि यो सन्देश विशेष अर्थ राख्छ। यो एक किसिमको महत्त्वपूर्ण दिवस पनि हो। जसले वातावरणका लागि विश्वव्यापी चेतना र कार्यलाई बढावा दिन्छ। सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा स्थापित यो दिन १ सय ५० भन्दा बढी देशको सहभागिता भएको अन्तर्राष्ट्रिय संस्था पनि हो।
संसारलाई अवलोकन गर्ने हो भने सन् १९७२ मा संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी सम्मेलन स्टकहोम, स्विडेनमा सम्पन्न भएपछि विश्व वातावरण दिवस मनाउने निर्णय गरियो। सोही वर्षदेखि प्रत्येक जुन ५ मा यो दिवस मनाउन थालिएको थियो। त्यसबेलादेखि आजसम्म यो दिवसले जलवायु परिवर्तन, जैविक विविधता, प्रदूषण, दिगो विकास र हरित अर्थतन्त्रजस्ता विषयमा विश्व जनसमुदायलाई चेतना फैलाउँदै आएको छ। जुन प्लास्टिक, विशेषगरी एकल–प्रयोग प्लास्टिक आफ्नो उत्पादनको छोटो जीवनचक्रपछि फोहोरको रूपमा परिणत हुन्छ। यो सजिलै नकुहिने प्रकृतिका कारण सयौं वर्षसम्म वातावरणमा रहिरहन्छ। जसले गर्दा माटो, पानी र वायुमण्डल प्रदूषित हुन्छन्।
यसरी विश्वव्यापी रूपमा, हरेक वर्ष लाखौं टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। जसको ठूलो हिस्सा ल्यान्डफिल साइटमा थुप्रिन्छ वा नदीनाला हुँदै समुद्रमा पुग्छ। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार, यदि वर्तमान प्रवृत्ति जारी रह्यो भने सन् २०५० सम्ममा समुद्रमा माछाभन्दा बढी प्लास्टिक हुनेछ। हाम्रो देशको सन्दर्भमा, बढ्दो सहरीकरण, जनसंख्या वृद्धि, उपभोक्तावादी संस्कृतिको विकास र फोहोर व्यवस्थापनको कमजोर पूर्वाधारका कारण प्लास्टिक प्रदूषण एक विकराल समस्याको रूपमा देखा परेको छ। यसमा पनि काठमाडौं उपत्यकालगायत प्रमुख सहरहरूमा दैनिक उत्पादन हुने फोहोरको ठूलो हिस्सा प्लास्टिकजन्य सामग्रीले ओगटेको छ। जुन प्लास्टिकका झोला, बोतल, र्यापर, प्याकेजिङ सामग्रीहरू जताततै छरिएका देखिन्छन्। यसले सहरी सौन्दर्यलाई कुरूप बनाउने मात्र नभई ढल निकास प्रणालीलाई अवरुद्ध गरी वर्षायाममा बाढीको समस्या समेत निम्त्याउने गरेको छ।
यसर्थ ग्रामीण क्षेत्रहरूमा पनि प्लास्टिकको प्रयोग बढ्दो छ। तर त्यहाँ फोहोर संकलन र व्यवस्थापनको उचित प्रबन्ध नहुँदा खोलानाला, वनजंगल र कृषिभूमिमा प्लास्टिक फोहोर थुप्रिँदै गएको छ। जसमा भन्ने नै हो भने हिमालहरू समेत प्लास्टिक प्रदूषणबाट अछुतो छैनन्। जसमा भन्ने नै हो भने सगरमाथालगायतका पर्यटकीय क्षेत्रहरूमा पर्वतारोही र पर्यटकहरूले छोडेका प्लास्टिकजन्य फोहोरले हिमाली पारिस्थितिक प्रणालीलाई समेत असर गरिरहेको छ। जसले प्लास्टिक प्रदूषणले हाम्रो वातावरण, जीवजन्तु, मानव स्वास्थ्य र अर्थतन्त्रमा दूरगामी नकारात्मक असरहरू पार्दछ। जुन प्लास्टिक माटोमा मिसिँदा यसको उर्वराशक्ति घट्छ। यसमा प्लास्टिकका टुक्राहरूले माटोको संरचनालाई बिगार्छन्, पानी सोस्ने क्षमता कम गर्छन् र सूक्ष्मजीवहरूको गतिविधिलाई प्रभावित पार्छन्।
नदीनाला, तालतलैया र भूमिगत पानी प्लास्टिकबाट निस्कने हानिकारक रसायनहरूबाट प्रदूषित हुन्छन्। यसले जलचर प्राणीहरूको जीवन संकटमा पार्छ र पानीलाई पिउन अयोग्य बनाउँछ। वायु प्रदूषणमा प्लास्टिक जलाउँदा डाइअक्सिन, फ्युरानजस्ता विषाक्त ग्यासहरू निस्कन्छन्, जसले वायुमण्डललाई प्रदूषित गर्छ र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोगहरू निम्त्याउँछ। यसमा पनि पारिस्थितिक प्रणालीमा असर गर्ने हुँदा प्लास्टिकका टुक्राहरूलाई आहार ठानेर जनावरहरूले खान्छन्। जसले उनीहरूको पाचन प्रणालीमा अवरोध पुर्याउँछ र मृत्युसमेत हुन सक्छ। जसमा समुद्री जीवहरू प्लास्टिकका जाल वा अन्य सामग्रीमा बेरिएर घाइते हुने वा मर्ने गर्दछन्।
माइक्रोप्लास्टिक (५ मिमिभन्दा साना प्लास्टिकका कण) खाद्य शृंखलामा प्रवेश गरी सम्पूर्ण पारिस्थितिक प्रणालीलाई नै खलबल्याइदिन्छ। फलत: मानव स्वास्थ्यमा माइक्रोप्लास्टिक खाद्यवस्तु (माछा, नुन, पानी) र हावाको माध्यमबाट मानव शरीरमा प्रवेश गर्न सक्छ। यसले क्यान्सर, हर्मोन असन्तुलन, प्रजनन् समस्या, स्नायु प्रणालीमा क्षति जस्ता दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने अध्ययनहरूले देखाएका छन्। वस्तुत: प्लास्टिक उत्पादन र विसर्जन प्रक्रियामा संलग्न व्यक्तिहरू हानिकारक रसायनको सम्पर्कमा आउँदा विभिन्न स्वास्थ्य जोखिममा पर्दछन्। यसले प्लास्टिक जलाउँदा निस्कने धुवाँले दम, ब्रोन्काइटिसजस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरू बढाउँछ।
नेपाल, हिमालयको मध्यभागमा अवस्थित भूपरिवेष्ठित देश पनि हो। जसमा हिमालयका अग्लो चुचुराहरूदेखि तराईको रमणीय तल्लो भूभागसम्म जैविक विविधता र इकोसिस्टमको असाधारण दायराले भरिभराउ भएको छ। यो विविध स्थलाकृति वनस्पति र जीवजन्तुहरूको विस्तृत सरणीको घर पनि हो। जसमध्ये केही यस क्षेत्रका लागि स्थानीय छन्। यद्यपि, राष्ट्रले वन फँडानी, भूमि क्षय, प्रदूषण र जलवायु परिवर्तनका प्रभावहरूलगायतका महत्त्वपूर्ण वातावरणीय चुनौतीहरूको सामना गरिरहेको छ। फलत: विश्व वातावरण दिवसको आयोजनाले नेपाललाई इकोसिस्टम पुनस्र्थापनामा आफ्ना प्रयासहरू प्रदर्शन गर्ने र यसको वातावरणीय पहलहरूको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन परिचालन गर्ने अभूतपूर्व अवसर प्रदान गर्दछ।
ऐतिहासिक रूपमा, नेपालको वातावरण विभिन्न मानवजन्य गतिविधिको दबाबमा छ। जसमा रहेको कृषियोग्य जमिन, काठ र दाउराको मागका कारण देशमा वन फँडानी दर चिन्ताजनक छ। जसलाई भन्ने नै हो भने पहाड र पहाडहरूले व्यापक माटोको क्षरण र भूमि क्षय देखेका छन्। यसमा पनि अत्यधिक चरन र अस्थायी कृषि अभ्यासहरूले बढाएको छ। जुन सहरी क्षेत्रमा तीव्र जनसंख्या वृद्धि र औद्योगिकीकरणले गम्भीर वायु र जल प्रदूषण निम्त्याएको छ। उदाहरणका लागि, काठमाडौं उपत्यकाले बारम्बार खतरनाक हावाको गुणस्तरको स्तर अनुभव गर्छ। जसले गर्दा त्यहाँका बासिन्दाहरूको स्वास्थ्यलाई असर गर्छ।
सन् २०१५ को भूकम्पले यी मुद्दाहरूलाई अझ बढायो। यसको अलवा भूस्खलन र वन विनाशको कारण र मुलुकको वातावरणको कमजोर प्रकृतिलाई सम्बोधन गर्ने गर्छ। जसले गर्दा जलवायु परिवर्तनले अतिरिक्त खतरा निम्त्याउँछ। यसमा पनि भन्ने नै हो भने बढ्दो तापक्रमले हिमनदी पग्लने र मौसमको अनियमित ढाँचा निम्त्याउँछ। जसले कृषि र जलस्रोतलाई असर गर्छ। पारिस्थितिकी प्रणाली पुनस्र्थापनाले पारिस्थितिकीय कार्यक्षमता पुन: प्राप्त गर्नको लागि वन, नदी र सिमसारजस्ता पारिस्थितिक प्रणालीहरूको पतनलाई उल्टाउने समावेश गर्दछ। वस्तुत: मुलुकको लागि, यो वातावरण संरक्षणमात्र होइन, जीविका वृद्धि, खाद्य सुरक्षा सुनिश्चित गर्ने र जलवायु परिवर्तनविरुद्ध लचिलोपन निर्माण गर्ने बारे पनि हो।
निष्कर्षमा, सन् २०२५ को विश्व वातावरण दिवसमा नेपालले दिएको ‘प्लास्टिक प्रदूषणको समाधान : एकसाथ अघि बढौं’ भन्ने सन्देश अत्यन्त दूरदर्शी, वैज्ञानिक र व्यावहारिक छ। यस नाराले हाम्रा सामूहिक प्रयास र साझा उत्तरदायित्वलाई स्पष्ट पारेको छ। अत: मुलुकले अब आफ्नो नीति, अभ्यास, जनचेतना र प्रविधिमा परिवर्तन ल्याउँदै, प्लास्टिक प्रदूषण न्यूनीकरणको अभियानलाई राष्ट्रव्यापी जनआन्दोलनमा बदल्नुपर्छ। मूलत: हिमाल, हिउँ, हरियाली र हावाको देश नेपाल यदि प्लास्टिक मुक्त बन्छ भने, त्यो विश्वका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस !