मधेस प्रदेशको नीति तथा कार्यक्रम : समेटिए सिँचाइदेखि एआईसम्मका योजना
जनकपुरधाम : मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। शुक्रबार मधेस प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।
प्रदेशको दोस्रो अद्यावधिक योजनाको सोच 'आत्मनिर्भर र समृद्ध मधेस, सुखी मधेसी’लाई साकार पार्न प्रस्तुत नीति तथा कार्यक्रमहरूको कार्यान्वयनले योगदान पुर्याउने सरकारको उद्देश्य छ।
'मधेसको शान, स्थानीय मखान’ अर्को नारा हो भने कृषि क्षेत्रमै आँपको बगैंचा, मधेसको समृद्धि’, आँपको बगैंचा, मधेसको समृद्धि’, खेत, खेतमा पानी, घरघरमा खाद्यान्नसहित आम्दानी’लगायतका नाराहरू कृषि क्षेत्रलाई लक्षित गरेर ल्याइएको छ।
प्रदेश सरकारले खेतको सिँचाइदेखि एआई रोबोटसम्मको कुरा नीति तथा कार्यक्रममा समावेश गरेको छ। सरकारद्वारा प्रस्तुत यो नीति तथा कार्यक्रम अत्यन्त महत्वाकांक्षी, कर्मकाण्डी र अपत्यारलाग्दो रहेको मधेस प्रदेशसभाका सांसद मनिष सुमन बताउँछन्। 'यस्तो अपत्यारिलो नीति तथा कार्यक्रम ल्याएर सरकारले जनतालाई मुर्ख बनाउनुभन्दा बढ अरु केही गर्न सक्दैन्,' सुमनल भने, 'मात्रै नारा र गहकिला कुरा गरेर हुँदैन। यो नीति तथा कार्यक्रमअनुसार काम हुनै नसक्ने अवस्था छ।’
नीति तथा कार्यक्रमको पूरा विवरण हेर्नस्:
प्रतिक्रिया दिनुहोस !