निष्काशित नेपालीलाई लिएर अमेरिकी चार्टड जहाज काठमाडौं आउँदै

निष्काशित नेपालीलाई लिएर अमेरिकी चार्टड जहाज काठमाडौं आउँदै

विशेष चार्टड जहाजमा ल्याइएका नेपालीलाई काठमाडौंमा छाडेर उक्त जहाज भारतको नयाँ दिल्ली फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले अन्नपूर्णलाई दिएको छ।

काठमाडौं : अवैधरुपमा अमेरिकामा पुगेका नेपालीलाई अमेरिकाले चार्टड जहाजमार्फत आज नेपाल ल्याउँदैछ। अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका झण्डै ५० जना नेपालीलाई निष्कासन गरी विशेष चार्टड विमानमार्फत अमेरिकाले नेपाल फर्काउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले अन्नपूर्णलाई जानकारी दिएको हो। 

डिपोर्ट गरिएका नेपालीहरू आज दिउँसो ४ बजेतिर ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दै छन्। विशेष चार्टड जहाजमा ल्याइएका नेपालीलाई काठमाडौंमा छाडेर उक्त जहाज भारतको नयाँ दिल्ली फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले अन्नपूर्णलाई जानकारी दिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडि अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको थियो। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू धमाधम निष्कासनमा परेका छन्। पछिल्लो समय गैरकानुनी तरिकाले बसिरहेका नेपालीहरू अमेरिकाको अध्यागमन प्रहरीको राडारमा परेका हुन्। 

अमेरिकाले सानो संख्यामा भन्ने विभिन्न एयरलाइन्स र चार्टर्ड विमानमार्फत नेपाल फर्काउने गरियो थियो। यस अगाडि ८/१० जनाभन्दा कम संख्यामा निरन्तर डिपोर्ट भइरहेपनि अमेरिकाले यसपटक ठूलो संख्यामा डिपोर्ट गरेको हो। अमेरिकाबाट दुई साता अगाडि मात्रै ९ जना नेपाली निष्कासित भएका थिए।

‘अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा परेकाहरू पछिल्लो समय अमेरिकाबाट दैनिकजसो काठमाडौं अवतरण गर्ने गरेका छन्,’ स्रोतले भन्यो।  

परराष्ट्र स्रोतका अनुसार केही संख्या तलमाथि भने हुन सक्नेछ। ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि हालसम्म झण्डै अमेरिकाले १५० जना नेपाली डिपोर्ट गरिसकेको छ। निस्कासित नेपालीलाई काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी दिने र विमानस्थलमा आइपुगेपछि नेपाल प्रहरीको जिम्मामा लगाउने गरिएको छ।

१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध

अमेरिकाका राष्ट्रपति ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले १२ देशका नागरिकलाई पूर्ण प्रतिबन्ध र अन्य ७ देशका नागरिकहरूलाई प्रतिबन्ध लगाउने ह्वाइट हाउसले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले अफगानिस्तान, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका थिए।

सोमबारदेखि लागू हुने प्रतिबन्धको अतिरिक्त, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका मानिसहरूमाथि कडा प्रतिबन्ध लगाइने बताइएको छ। देशलाई हानि पुर्‍याउने मानिसहरूलाई अमेरिकामा प्रवेश गर्न नदिने उनको भनाई छ। ‘संयुक्त राज्य अमेरिका र यसका जनताको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको रक्षा गर्न काम गर्नुपर्छ।’ उनले भने, ‘हामीलाई हानि पुर्‍याउन चाहने मानिसहरूलाई हाम्रो देशमा प्रवेश गर्न दिने छैनौं।’
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.