म ७४ वर्ष पुगें, ७० वर्षे उमेरहद फेल खाइसक्यो : प्रधानमन्त्री ओली

म ७४ वर्ष पुगें, ७० वर्षे उमेरहद फेल खाइसक्यो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षीय उमेरहद फेल खाएको बताएका छन्। कीर्तिपुरमा सोमबार अनेरास्ववियुको महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू ७४ वर्ष पुगिसकेकाले ७० वर्षीय उमेरहद फेल खाएको बताए।

'७० वर्ष उमेर फेल खाइसक्यो। अहिले मेरो ७४ चलिराछ। अनि फेल खाएन त?,' उनले प्रश्न गरे। उमेरले नभएर स्वास्थ्य र कार्यक्षमताले निर्धारण गर्ने उनको भनाइ छ। 

उनले चीन र साइप्रसको उदाहरण दिए उमेरहद राख्न नहुने बताए। 'चीनमा दुई पटक अध्यक्ष बनाउने नियम बनाएको थियो। सी जिङपिङको आवश्यकता देखेर चिनियाँ कम्युनिस्ट पार्टीले अहिले त्यो व्यवस्था हटाएको छ। पहिले उमेरहद पनि ६५ तोकेको थियो। अहिले त्यो छैन। चीनमा मात्र होइन, साइप्रसमा पनि त्यस्तै व्यवस्था छ,' उनले भने।

प्रधानमन्त्री ओलीले आफू रहे पनि नरहे पनि उमेरहद आवश्यकता नरहेको बताए। 'धेरै फ्याक्टरले काम गर्दा रहेछन्। मै हुन्छु भन्ने छैन। आवश्यकता देखेर निर्धारण गर्नुपर्छ।,' उनले भने। अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललाई पनि ७० पुग्नु अगाडि नै पार्टीको नेतृत्वबाट हटाएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.