सत्ता र प्रतिपक्षको अडानले 'बन्धक' बन्यो संसद

सत्ता र प्रतिपक्षको अडानले 'बन्धक' बन्यो संसद

काठमाडौं : प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने विपक्षीको मागका कारण संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ।

सभामुख देवराज घिमिरेले बजेटका विषयमा छलफल गर्नुपर्ने र महत्त्वपूर्ण विधेयक पनि अगाडि बढाउनुपर्ने विषयमा ध्यानाकर्षण गराउँदै आएका छन्। तर, विपक्षी दलहरू आफ्नो मागप्रति अडिग रहेका छन्। 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी रहेपनि कुनै सहमति नभएको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारे। 'छानबिन समिति बनाउनुपर्छ भन्नेमा हाम्रो अडान कायमै छ,' उनले भने। 

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफूहरू निरन्तर छलफलमा रहे पनि विषयको गम्भीर्यतालाई सत्ता पक्षले बुझ्न नसकेको आरोप लगाए। भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने आफूहरूको न्यूनतम माग रहेको उनको भनाइ छ। 

'सदनको गतिरोध खुलाउने प्रयास जारी नै छ। सोमबार सदन बस्नुअघि केही न केही सहमति हुने विश्वास लिएका छौं,' उनले भने। छलफलबाटै समस्याको हल गर्ने पक्षमा आफूहरू रहेको उनको भनाइ छ।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको बताए। बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरहेको र सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक पुगेको दाबी गरे। 

उनले सोमबार संसद बैठकअघि निरन्तर छलफल हुने र दिउँसो २ बजे बस्ने बैठक सहजरूपमा सञ्चालन हुने गरी आइतबारको छलफल टुंगिएको बताए। बर्तौलाले राज्यको निकायमा हुने गरेका भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्न सरकारले प्रतिबद्धता जनाउने गरी छलफल अघि बढेको बताए। उनले दलहरूबीच समझदारीको कुनै ड्राफ्ट भने अहिलेसम्म नबनेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.