प्रतिनिधिसभा बैठक बस्दै,के छ कार्यसूची ?
काठमाडौं : संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसूची छ। यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !