काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग

काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग

काठमाडौं :अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

कोईरीविरुद्ध ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ विगो, सजाय र जरिवाना माग दावी गरेको छ।

अनुसन्धानका क्रममा महानगरमा सार्वजनिक पद धारण गरेको मिति २०४६/०/१९ देखि २०७८/११/३० गतेसम्मको जाँच अवधिमा उनको सम्पत्ति छानबिन गरेको थियो। छानबिनका क्रममा आयको तुलनामा व्यय अमिल्दो देखिएको,मनासिब कारणबिना अमिल्लो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको दावी छ। 

आयोगका अनुसार पदमा रहँदा बखतमा आर्जन गरेको  ४ करोड ५८ लाख  ९७ हजार ४०३ रुपैयाँको स्रोत पुष्टि गर्न सकेनन्। आफूले आर्जन गरेको सम्पत्तिको स्रोत पनि खुलाउन नसकेपछि कसूरजन्य कार्य गरेको ठहर गर्दै उनीविरुद्ध आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट उनको श्रीमती माला कुमारी महतोको नाममा रहेको जग्गा खरिद,सेयर खरिद,घर निर्माण । बैंक मौज्दात समेतको सम्पत्ति भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ बमोजिम जफत गर्न समेत माग गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.