जसपा कर्णालीका अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

जसपा कर्णालीका अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन्। 

मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी केन्द्र सुशासन,सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गरे। उनले भने,'समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ, यो अभियानमा जोडिन म सबैलाई आग्रह पनि गर्दछु ।'

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी  कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू माओवादीमा प्रवेश गरेका छन्।

खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरेका थिए।

उनले सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.