सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरिएको छ। न्याय परिषद्ले मंगलबार सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरेको सचिव अशोककुमार क्षेत्रीले बताए।
सिफारिस हुनेमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा रहेका छन्। उनीहरूमध्ये पोखरेल वरिष्ठ अधिवक्ता हुन् भने पौडेल उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश र थापा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश हुन्।
प्रतिक्रिया दिनुहोस !