मधेस प्रदेशका सांसद ठाकुरसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मधेस प्रदेशका सांसद ठाकुरसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : मधेस प्रदेशका सांसद दीपेन्द्र कुमार ठाकुरसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले धनुषाको औरही गाउँपालिकाले निर्माण गर्ने भनिएको १५ शय्याको अस्पतालको बोलपत्र आह्वानमा क्रममा ६ करोड बढी रकम हानी नोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

अस्पताल निर्माणका लागि ठेक्का आह्वान हुँदा १२ करोड ३५ लाख ५० हजार २४८ रुपैयाँको न्युनतम लागतमा प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जेभीले बोलकबोल लगाउँदा पनि लुम्बिनी/डी एन्ड एन जेभीलाई १९ करोड १४ ला ६२ हजार ६३२ रुपैयाँमा ठेक्का दिएर हानी नोक्सानी पुर्‍याएको अख्तियार ठहर छ। त्यस्ते प्रतिवादीहरूले मिले बोलपत्र आह्वानको मिति थप गर्न लगाएर 'की एक्टिभिटिज' पनि संशोधन गरेको अख्तियारको ठहर छ।

अख्तियारले एमालेका सांसद एवं लुम्बिनी डी एन्ड एन जेभीका तत्कालीन प्रबन्ध निर्देशक दीपेन्द्र कुमार ठाकुर, लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक बिष्णुप्रसाद शर्मा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादव, तत्कालीन उपाध्यक्ष मीरा देवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुर, वडा १ का अध्यक्ष आशेश्वर यादव, वडा २ का तत्कालीन वडाध्यक्ष अमितकुमार यादव, वडा ३ का वडाध्य गंगा प्रसाद यादव, वडा ४ का तत्कालीन वडाध्यक्ष शिवनाथ साह, वडा ५ का तत्कालीन प्रमेश्वरकुमार मण्डल, वडा ६ का तत्कालीन वडाध्यक्ष दिलिपकुमार साह, तत्कालीन इन्जिनिय सोनु साह, तत्कालीन सव इन्जिनियर सन्तोषकुमार मण्डल, बिनिता कुमार साह, तत्कालीन खरिदार मोहन कुमार मण्डल र मनोकुमार यादव रहेका छन्।


उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५२ (पहिलो संशोधन सहित) को दफा ३3 को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५२ को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी बिगोसमेत सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन साथै, निज प्रतिवादी ब्रम्हदेव यादव सार्वजनिक संस्था औरही गाँउपालिकाको प्रमुख एवं अध्यक्ष भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित माग दाबी बमोजिमको कसुर गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।


त्यस्तै सांद ठाकुरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूर गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद गरी भ्रष्टाचार निवारण ऐन,  २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाँक्याश बमोजिम मुख्य कसूरदार सरह सजाय गर्न माग गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.