यार्सागुम्बाको वैज्ञानिक व्यवस्थापन

यार्सागुम्बाको वैज्ञानिक व्यवस्थापन

नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेका प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्त्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वनजंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्त्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीको लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अद्वितीय उपहार हुन् भन्दा अत्युक्ति नहोला ।  

अपार सम्भावना बोकेको महत्त्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्त्वपूर्ण साधन हुन । बर्सेनि अबौं धनराशिका विभिन्न जडीबुटी र गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेका छन्् । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरूको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार जडीबुटीको संकलन तथा बिक्री वितरणबाट अर्बौं धनराशि बर्सेनि भित्रिने गरेको छ । योमध्ये यार्सागुम्बा पनि एक हो । यार्सागुम्बालगायत अन्य महत्त्वपूर्ण जडीबुटीको बिक्री वितरणबाट दार्चुला, जुम्ला, गोरखा, लमजुङ तथा डोल्पाजस्ता जिल्लाहरूमा करोडौं रुपैयाँ बर्सेनि जिल्ला भित्रिने गर्दछ । अपार सम्भावना बोकेको जडीबुटी समग्र देशकै विकासमा महत्त्वपूर्ण साधन हुन्् । साथै यो हाम्रो देशको सम्पत्ति तथा प्रकृतिले दिएको उपहार हो । 

यार्सागुम्बा जाडोमा किरा र गर्मीमा घाँस बन्ने एक अनौठो प्रजातिको वनस्पति–जीव हो । आधा वनस्पति र आधा किराजस्तो हुन्छ । यार्सागुम्बा शक्तिवद्र्धक र दुर्लभ बहुमूल्य जडीबुटी हो । यार्सागुम्बा हाम्रो देशको हिमाल र पहाडी जिल्लाको लेकाली खर्क, पाटन तथा माडीमा पाइन्छ । यो जडीबुटीलाई दुई सय वर्षअगाडि चीनका तियान भन्ने विद्वानले शक्तिवद्र्धक बहुमूल्य जडीबुटी भनी प्रमाणित गरेका थिए । त्यसपछि यसको प्रयोग सुरु भएको भनाइ छ । यसको बजार, व्यापार र मूल्य अकासिँदो छ । अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बाको माग धेरै छ ।

नेपालमा पनि विगतभन्दा यसको संकलनको संख्या बढेको छ । विगत वर्षजस्तै यस वर्ष पनि यो संकलनको लागि वैशाखदेखि   साउनसम्म मानिसहरू लेकको माडीपाटनतर्फ उकालो चढिसकेका छन्् । यो संकलनको उचित समय नै वैशाखदेखि   साउनसम्म हो । यो संकलन ज्यादै कठिन एवं जोखिमपूर्ण हुन्छ । सो क्रममा लुटपाट भई अप्रिय घटनासमेत हुने गर्छन्् । यार्सागुम्बा संकलनको क्रममा चिसो र धपेडीका तथा लेक लागि संकलनकर्ता बिरामी भई ज्यानै समेत गुमाउँछन्् । मुख्यतः यार्सागुम्बा गोरखा, लमजुङ, रसुवा, म्याग्दी, मुस्ताङ, दार्चुला, बझाङ, जुम्ला, मुगु, डोल्पा आदि हिमाली जिल्लाहरूमा पाइन्छ । स्थानीय बासिन्दा एवं सोसम्बन्धी व्यापारीलाई यो राम्रो आम्दानी हुने व्यापार हो । नेपालको यो जडीबुटी ताइवान, हङकङ, सिंगापुर, तिब्बत आदि ठाउँमा निकासी हुन्छ । यो जडीबुटी प्रतिकेजी, ३ लाख (गुणस्तर हेरी) देखि १२ लाख रुपैयाँसम्ममा बिक्री हुन्छ ।

अवैज्ञानिक संकलन र मौसम परिवर्तनले गुणस्तरीय यार्सागुम्बा उत्पादनमा ह्रास आएको छ । अतः वैज्ञानिक तरिकाबाट बहुमूल्य अमृतसमान यार्सागुम्बा संकलन गरी भावी पिँढीलाई पनि संरक्षण गरी राख्नु समयको माग हो । यसको लागि स्थानीय सरकारको भूमिका अत्यन्त प्रभावकारी हुन्छ ।
हाम्रो देश वनमा आश्रित वन वरिपरि बस्ने मानिसको जीविकोपार्जनको मुख्य आधार जडीबुटी पैदावरको संकलन तथा बिक्री वितरणजस्ता क्रियाकलापहरू विगत सयौं वर्षदेखि रहिआएको पाइन्छ । बिना व्यवस्थापन संकलनमात्र गर्नाले प्राकृतिक अवस्थामा रहेको हाम्रो देशको यार्सागुम्बाजस्तो अमूल्य अमृतसमान जडीबुटी पैदावरहरू मासिँदै र नासिँदै गएका छन्् । फलस्वरूप भविष्यमा यसले स्थानीय समुदायको जीविकोपार्जन तथा वातावरण सन्तुलनमा समेत नकारात्मक असर पार्ने निश्चित छ । यसरी वनजंगलमा रहेका महत्त्वपूर्ण अमृतसमान यार्सागुम्बाजस्ता जडीबुटीहरूलाई एकातिर संरक्षण व्यवस्थापन र दिगो उपयोग गर्नुपर्ने देखिन्छ भने अर्काेतर्फ व्यापारी महत्त्वका जडीबुटीहरूलाई उपलब्ध खाली, पर्ती माडी तथा पाटनमा खेती विस्तार गरी व्यवसायीकरण गर्नुपर्दछ । यार्सागुम्बाको खेती विस्तार स्थानीयहरूमा प्रशोधन तथा मूल्य अभिवृद्धिका क्रियाकलाप र उत्पादित पदार्थको उचित बजारीकरणद्वारा बढीभन्दा बढी आर्थिक आम्दानी गरी स्थानीय समुदायलगायत समग्र राष्ट्रकै आर्थिक समृद्धि ल्याउन अति आवश्यक छ ।

हाम्रो देशमा उपलब्ध बहुमूल्य जडीबुटी उचित व्यवस्थापन गर्न अति आवश्यक छ । यार्सागुम्बाजस्तो अमूल्य जडीबुटीलाई वैज्ञानिक व्यवस्थापन गर्ने हो भने प्राकृतिक स्रोतसाधनबाटै हाम्रो देशको आर्थिक विकास र वृद्धिमा फड््को मार्ने अवस्था छ । नेपालको बहुमूल्य जडीबुटीको पथ पदर्शन माध्यमबाट पनि पर्यटन व्यवसायमा आवश्यक टेवा दिन सकिन्छ । नेपालको हिमाली क्षेत्र अमूल्य जडीबुटी उत्पादनको दृष्टिकोणबाट अत्यन्त महत्त्वपूर्ण छ । यस क्षेत्रबाट जडीबुटीको पर्याप्त सम्भावनाको बाबजुद उल्लेखनीय योगदान स्थानीय आम्दानी र राष्ट्रिय ढुकुटीमा पुग्न कठिन भएको छ । यी उपलब्ध जडीबुटीलाई वैज्ञानिक अध्ययन, दिगो विकास, व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवद्र्धनद्वारा सम्बन्धित समुदायको आयस्थामा उचित वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि एउटा मुख्य आधारशिला बनाउन सकिन्छ । सो गर्नको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा सम्बन्धित लक्षित समूह क्रियाशीलको आवश्यकता पर्दछ ।

जडीबुटी प्रवद्र्धनमा जति धरै सम्भावना हुन्छ त्यति नै समस्या र चुनौती पनि नकार्न सकिँदैन । यसको मुख्य समस्यामध्ये स्थानीय उपभोक्त र अन्य सरोकारवालाहरूमा रहेको अनविज्ञ र अपूर्ण जानकारी प्रमुख कारकतत्त्व हो । हाम्रा अमूल्य जडीबुटीबारे नेपाली वा स्थानीय भाषामा लेखिएको जानकारी सामग्रीहरूको उपलब्धताको कमिले जडीबुटी संरक्षणसम्बन्धी उचित ज्ञान दिन सकिएको छैन । अतः यस्ता अमूल्य जडीबुटीसम्बन्धी ज्ञान दिने आवश्यक व्यवस्था सरोकारवालाले बेलैमा दिई यार्सागुम्बाजस्ता अमूल्य जडीबुटी वैज्ञानिक तरिकाबाट संकलन तथा संरक्षण गरी भावी पिँढीलाई हस्तान्तरण गर्नु आजको आवश्यकता हो । 
डा. अधिकारी, गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.