अहमदाबाद विमान दुर्घटनाका प्रत्यक्षदर्शीले के भने ?
काठमाडौं : अहमदाबाद विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना हुँदाको अवस्थाबारे बताएका छन्।
एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई भने,‘म घरमा बसिरहेको थिएँ, अचानक एउटा आवाज आयो। भूकम्प आएको जस्तो महसुस भयो। चारैतिर धुवाँ थियो। मलाई थाहा थिएन कि विमान दुर्घटनाग्रस्त भएको छ। त्यसपछि जब हामी यहाँ आयौँ, मलाई थाहा भयो।’
उनले आफू घटनास्थल आएपछि विमान दुर्घटनाग्रस्त भएको र धेरै लाशहरू लडिरहेको देखेको बताए।
यसैबीच, भाजपा विधायक दर्शना वाघेलाले समाचार एजेन्सी एएनआईलाई भनिन्, ‘म यहाँ मेरो कार्यालयमा बसिरहेको थिएँ। त्यहाँ विस्फोट भयो। जब म त्यहाँ गएँ, मैले विमान दुर्घटनाग्रस्त भएको देखेँ। त्यहाँ धेरै धुवाँ थियो। डाक्टरहरूको फ्ल्याटमा धेरै क्षति पुगेको छ। हामीले स्थानीय कामदारहरूको सहयोगमा त्यहाँबाट धेरै डाक्टरहरूको उद्धार गरेका छौँ।’
एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा विमान उडान भरेपछि दुर्घटनाग्रस्त भएको बताएको छ। यो विमान अहमदाबादबाट लन्डनको ग्याटविक जाँदै थियो।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो।
प्रतिक्रिया दिनुहोस !