अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित, पदाधिकारीमा को-को भए विजयी ?

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित, पदाधिकारीमा को-को भए विजयी ?

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्षमा रामेछापका डा. सुजन कडरिया निर्वाचित भएका छन्। २४ औँ महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि बिहीबार विद्युतीय मेसिनमार्फत भएको मतदानबाट म्याग्दीका प्रकाश पौडेललाई पराजित गर्दै कडेरिया अध्यक्षमा निर्वाचित भएका हुन्।

कडरियाले ७३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पौडेलले ७२५ मत प्राप्त गरे। उनीहरु दुवैजना अघिल्लो कार्यसमितिमा सचिव थिए।

त्यसैगरी खुल्ला उपाध्यक्षमा रामेछापकै ई. विकास श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन्। श्रेष्ठले ७०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राजकुमार ढकालले ४२९ मत प्राप्त गरे।null

त्यसैगरी महिला उपाध्यक्षमा अञ्जना सिवाकोटीले ७७५ मत ल्याउँदै निर्वाचित भएकी छन्। महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन्। धामीले ७८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी आरके रोमसले ५५४ मत प्राप्त गरे।

त्यसैगरी सचिवमा आकाश घर्ती, ई. रचना सापकोटा, ससीम बाबु खान र अधिवक्ता गोपाल नेपाल विजयी भएका छन्। सचिवालय सदस्यमा ४० जना निर्वाचित भएका छन्।null

अनेरास्ववियुको निर्वाचनमा १४५७ मत खसेको थियो। एमालेको सचिवालय बैठकले अखिलको नेतृत्वमा ३२ वर्षको उमेरहदको सीमा लगाएपछि निवर्तमान अध्यक्ष, उपाध्यक्ष र महासचिवहरू प्रतिस्पर्धाबाट रिङ आउट भएपछि सचिवहरु प्रतिस्पर्धामा उत्रिएका थिए।

केन्द्रीय कमिटीमा विजयी नेताहरुले राति नै सपथग्रहण गरेका छन्।

हेर्नुहोस् को कति मतले विजयी ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.